साउन १ गते : असार २७ गते बेलुकी नाङ्खोल्याङ्–३ की १५ वर्षिया बालिका झुमा विकलाई कुटपिट गरि झुन्ड्याएर मारिएको हुनसक्ने आशङ्कामा मृतकका परिवार (कोरा) बाट निस्किएका छन् । मृतकको काजकिरियाका लागि कोरामा बसेका आमा अन्दाजी ४५ वर्षिया नर्वदा र दाजु १८ वर्षिय रमेश विक न्यायका लागि सुदाई कार्य छाडेर प्रहरीमा किटानी जाहेरी दिन सदरमुकाम आएका हुन् ।
मृतकका आमा र दाजुले नाङ्खोल्याङ–३ की २५ वर्षिया जुनु श्रेष्ठ र अन्दाजी ५० वर्षिया पद्मा कुमारी श्रेष्ठ विरुद्ध विहिवार किटानी जाहेरी दिएका छन् । संयूक्त दलित संञ्जालले बालिकाले आत्महत्या गरेको नभई झुन्ड्याईएर मारिएको दाबी गरेका छन् । आमा नर्वदाले भनिन्‘छोरीको काज किरिया गर्न तयारीमा थियौ ।
तर संञ्जालको सहयोगमा सुदाई कार्य छाडेर प्रहरीमा जाहेरी दिन आएका हौ ।’ संस्कार अनुसार १० दिनभित्रमा सुदाई कार्य गरिनुपर्ने मान्यता छ । प्रहरीले सत्यतथ्य पत्ता लगाएर पीडकलाई कारवाही नगरुन्जेल संम्भवत सुदाई कार्य नगरिने मृतककी आमा नर्वदाले जानकारी दिईन् ।
गरिबीका कारण मृत्यू सम्बन्धि विवरण प्रहरी प्रशासनमा व्यक्त गर्न नसकेको स्विकार गर्दै मृतकका परिवारले संञ्जालको सहयोगमा मात्र जोहेरी दिन संम्भव भएको बताएका छन् । संञ्जालका सल्लाहाकार इन्द्र घिमिरले भने,“परम्परा अनुसार सुदाई गर्न नसक्नु रहर होइन बाध्यता हो ।’ मृतकले गत बैसाख १ गते जुनुकी पति विनु श्रेष्ठसँग खिचेको फोटो श्रेष्ठ परिवारले थाहा पाएकाले असार २७ गते बेलुकी काका खेमनारायण विकको घरमा बसेरहेको बेला जुनु र पद्मा लगायतको समूहले कुटपिट गरि मृतककै घरमा पु¥याएर झुन्ड्याइएको संञ्जालको दाबी छ ।
उक्त दिन घरमा कोही नभएकाले मृतक (झुमा) काकाको घरमा गएकी थिईन् ।
झुन्डिएको सल समेत मृतकको नभएको परिवारले जनाएको छ । बालिकाको योनीमा लठ्ठीले घोचेर निर्मम तरिकाले कुटपिट गरि झुन्ड्याइएको परिवार र संञ्जालको दाबी छ । दाजु रमेशले भने,‘अनुहार बाहेक शरिरका अधिकाँश भागमा निलडमा थियो । योनीमा चोट थियो । मैले त हेर्नै सकिन् ।’ उनले थपे,‘सव हेर्दा जताजतै निलडाम र चोट थियो ।
त्यस्तो अवस्थामा काकाको घरदेखि घरसम्म कसरी पुग्यो होला ?’ असार २८ गते प्रहरी र गाउँलेले घरभित्रबाट सव निकालेर २९ गते सदरमुकाम ल्याएर पोस्टमार्टम गरेको थियो । मृतकको ३० गते दाहसंस्कार गरिएको थियो । मृतकका परिवारले हत्या भएको आशङ्का गरेपनि प्रहरीले आत्महत्या भनेको आधारमा सुदाई कार्यमा जुटेको परिवारले जनाएको छ ।
तर जताततै आत्महत्या नभई हत्या भएको हो हल्ला फैलिएपछि संञ्जालको टोली असार ३२ गते घटनास्थल पुगरे अनुसन्धान गरेर हत्या भएको निश्कर्ष सहित परिवारलाई समेत लिएर सदरमुकाम आएर प्रहरीमा किटानी जाहेरी दिएको छ ।
Source: http://kalikafm.com.np/