सुष्मालाई फेरि कुटे निरनले, भनिन्-’दुनियाँको बिस्तारा बनेको भन्दै मलाई कुट्यो’

एक महिना अगाडि नै ब्रेक अप दिएकी हुँ : सुष्मा कार्की
नायिका सुष्मा कार्की र उनका प्रेमी निरनविच एक महिना अगाडि नै ब्रेकअप भएको छ । सुष्माले अनलाइनखबरसँग कुरा गर्दै ३ बर्षसम्म उसको अत्यचार सहन नसकेपछि छोडेको बताइन् । सुष्माले भनिन्-’अरु केटी भएको भए २ महिनामै छोडिदिन्थे, मैले त ३ बर्षसम्म सहेर बसे । त्यसलाई मेरो माया पचेन ।’
पुतलीसडकको वेस्ट फुड क्याफेमा मंगलबार पनि सुष्मालाई प्रेमी निरनले कुटेका थिए । सुष्माले आफ्नो हात काटेको बताइन् । निरनले आफूलाई देख्यो कि विभिन्न बहाना बनाएर झगडा गर्ने गरेको सुष्माले बताइन् ।
‘उसले मंगलबार पनि मलाई भेटेपछि जथाभावी बोल्न थाल्यो । मैले उसलाई एक महिना अगाडि नै ब्रेकअप दिएको हुँ । तर पनि उसले विभिन्न बहानामा मलाई पिटिरहन्छ ।’-सुष्माले भनिन् ।
‘उसले विना कारण निहुँ खोजेपछि मैले पनि अपशब्द प्रयोग गर्दै गाली गरे’, सुष्माले भनिन् । ‘उसले मलाई जहिले गाली गर्‍यो । खानदानलाई मात्र होइन मेरो ईज्जतमा समेत विभिन्न आरोप लगाउँदै आएको छ’, सुष्माले निरनको व्यवहार संझदै भनिन् ।
‘मलाईर् दुनियाँको विस्तारा बनेको भन्दै गाली गर्छ । यदि त्यसले आरोप लगाए अनुसारको मैले गरेको भए काठमाण्डौमा ३ वटा भव्य महल ठड्याइसक्थे ।’-नायिका कार्कीले भनिन् । मंगलबार पनि आफ्नो कुनै गल्ती नभएको भन्दै सुष्माले विनाकारण कुटाई खाएको जनाइन् । केही समयघि एकसाथ बसेका सुष्मा र निरन विचमा छुट्टएिका थिए । तर फेरि आफूहरु मिलेको भन्दै सुष्मा र निरन एकसाथ देखिदै आएका थिए ।
सुष्माले अब आफू फिल्म नगरीमा मिहिनेतका साथ लाग्न चाहेको बताइन् । आफूलाई निरनकै कारणले सिनेमा दिन पनि निर्माताहरु हिचकिचाएको उनको भनाई छ । केही समय अगाडि धरानमा आयोजित एक कार्यक्रममा पनि सुष्माले निरनको हाटबाट स्टेज पछाडि कुटाई खाएकी थिइन् ।
- Source: http://www.onlinekhabar.com/

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट