एमएसएन म्यासेन्जर सेवा बन्द हुने

चीनमा माइक्रोसफ़्टको विडोंज लाइभ म्यासेन्जर (एमएसएन म्यासेन्जर) सेवा अक्टोबर महिनाबाट बन्द हुने भएको छ ।
चीनमा पछिल्लो १५ वर्षदेखि सेवा दिइरहेको माइक्रोसफ्ट कम्पनीले विन्डोज लाइभ म्यासेन्जर अक्टोबर महिनादेखि बन्द गरिने भन्दै प्रयोगकर्ताहरुलाई इमेल पठाएको छ ।
सन् १९९९ देखि एमएसएन म्यासेन्जर सेवा शुरु गरेको माइक्रोसफ्टले आफ्नो प्रतिद्वन्द्वी स्काइप किनेपछि म्यासेन्जर सेवा अधिकांश प्रयोगकर्ताहरुका लागि बन्द गर्दै गएको छ ।
चिनियाँ एमएसन म्यासेन्जर प्रयोगकर्ताहरुलाई ३१ अक्टोबर सम्ममा स्काइपमा स्थानान्तरित गरिने माइक्रोसफ्टले जनाएको छ ।
चीनमा सन् २००९ सम्म ३३ करोड प्रयोगकर्ताहरुले यो सेवा प्रयोग गरिरहेका थिए भने २०१२ सम्ममा उक्त संख्यामा उल्लेख्यमात्रामा कमी आई स्काइप प्रयोगकर्ताको संख्या ३० करोड पुगेको थियो । अहिले चीनमा स्काइप प्रयोगकर्ताको संख्या बढ्दै गएको छ ।
एमएसएन म्यासेन्जरको शुरुवात ‘टेक्स्ट च्याटिङ’ बाट शुरु भएर फोटो पठाउने, भिडियो कल गर्ने र गेम्स खेल्ने सुविधासम्म पुगेको थियो ।
सन् २०१२ मा माइक्रोसफ्टले करिब ८.५ अर्ब डलरमा स्काइप किनेर म्यासेन्जर बन्द गर्नेतर्फ पाइला बढाएको थियो । एजेन्सीहरू

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट