आफ्नो आत्‍मीय साथीलाई कसरी चिन्‍ने?

जीवनमा चाहेजस्तो जीवनसाथी नभेटिन पनि सक्‍छ। तर, तपाईको जीवनसाथी राम्रो मनको भए उनलाई आत्‍मैदेखिको अनिष्ट साथी श्रीमान्‌श्रीमती नै हुनुपर्छ भन्‍ने छैन्। जुन व्‍यक्ति तपाईक जीवनमा सबैभन्‍दा धेरै महत्‍वपूर्ण छ र त्‍यस सम्‍बन्धको कुनै नाम छैन भने त्‍यो व्‍यक्तिलाई तपाई आत्‍मीय साथी भनिन्‍छ। जीवनमा हरेक पल साथ दिने व्‍यक्ति आत्‍मीय साथी हुन। आत्‍मीय साथीको केही गुणहरु यस प्रकार छ। :

सकिदैन गर्न शब्दमा बयान
आत्‍मीय साथीसँगको सम्बन्धको कुनै नाम हुनुभन्दा धेरै तपाईंको मनमा भावना उत्पन्‍न हुन्छ। तपाईं दुवै एक अर्कासँग खुशी हुनुहुन्छ र धेरै भन्दा धेरै समय विताउन मन पराउनुहुन्छ। भावनात्मक रुपमा एक आर्कासँग धेरै नजिक बन्‍नुहुन्छ।यस्तो सम्‍बन्धलाई शब्‍दमा बयान गर्न सकिदैन्।

फ्ल्यास ब्याक 
तपाईंको जीवनसाथी नै आत्‍मीय हो भने तपाईंको अघिल्लो जीवनमा उसको सहयोग र समर्थन सबैभन्दा धेरै रहेको हुनुपर्छ। त्यसैले आज तपाईंहरु साथै हुनुहुन्छ।

जो पनि हुन सक्छ आत्‍मीय साथी
तपाईंकी आमा या कुनै राम्रो साथी जसले तपाईंलाई राम्रोसँग बुझेको छ त्यो व्यक्ति आत्‍मीय साथी हुन सक्‍छ। तपाईं दुवै एक अर्काको मन दुखाउन सक्नुहुन्‍नु, केवल प्रेमपूर्वक साथ निभाउनुहुन्छ। तर यसको अर्थ कहिल्यै कुनै विषयमा बहस नहुनु भन्‍ने होइन।

झगडा गरेपछि पनि साथै 
कुनै पनि सम्बन्ध परफेक्‍ट हुँदैन। सबै सम्बन्धमा उतार चढाव आउँछ। धेरै अफ्ठ्यारोको आएपनि दुवैको बीचमा कुनै असमझदारी हुँदैन। तपाईंहरु एक अर्काको हरेक कुरालाई बुझ्नुहुन्छ भने यही हो सोलमेट भनेको।

सबै कुरा खुलस्त
तपाईको कुनै पनि समस्या होस्, उनीसँग भन्‍न हिचकिचाउनुहुन्‍न। उनीसँगको सम्बन्धमा केहि खटपट भएपनि नराम्रा याद हटाएर उनीसँगै रहन मन पराउनुहुन्छ।

सारा संसारबाट टाढा 
मस्तिष्कमा हरेक समय केवल उनकै मात्र सोच आउनु स्वभाविक हो। यस्तो प्रेममा पनि हुन्छ। प्रेममा यस्तो अनुभव केहि समयको लागि मात्र हुन सक्‍छ तर सोलमेटसँग सधैं यस्तै अनुभव रहन्छ।

दिमागबाट प्रभावित
तपाईं दुवैको बीचमा मानसिक कनेक्शन यति बलियो हुन्छ कि दुवै जना एकै पटक एक अर्कासँग कुरा गर्न फोन उठाउनुहुन्छ। यस्तो टर्मलाई सोलमेट ट्युनिङ भनिन्छ।

सुरक्षित महसुस
तपाईं आफ्नो सोलमेट वा जीवनसाथीसँग सुरक्षित र सहज महसुस गर्नुहुन्छ। कुनै पनि डर मनमा हुनासाथ उनलाई आफूसँग भएको महसुस गरेर सहज महसुस गर्नुहुन्छ।

उनी बिना जीवन निर्थक
तपाईं कहिल्यै पनि आफ्नो सोलमेट विना जीवनको परिक ल्पना गर्न सक्नुहुन्न। उनी नभए जीवन कस्तो हुन्छ भनेर सोच्न पनि सक्‍नुहुन्‍न।
- Source: http://annapurnapost.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट