आजको पञ्चाङ्ग
वि.सं. २०७१ भाद्र ०८ गते आइतबार तदनुसार ई. सं. २०१४ अगस्ट २४ तारिख,
प्लवङ्ग नामक संवत्सर, शाके : १९३६, सूर्य दक्षिणायन, वर्षा ऋतु, ने.सं. : ११३४, (गुँलागा)
चन्द्रमा कर्कट राशिमा, बिहानको राती ०३:१७ बजेसम्म, त्यसपछि सिंह राशिमा,
आनन्दादि योग : वज्र, चन्द्रवर्ण : सेतो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम, वारशूल : पश्चिम,
भाद्रपद कृष्णपक्षको चतुर्दशी तिथि, दिउँसो ०४:१२ बजेसम्म, त्यसपछि अमावस्या तिथि,
अश्लेषा नक्षत्र, बिहानको राती ०३:१७ बजेसम्म, त्यसपछि मघा नक्षत्र,
वरीयान् योग, दिउँसो ०२:३१ बजेसम्म, त्यसपछि परिघ योग,
शकुनि करण, दिउँसो ०४:१२ बजेसम्म त्यसपछि चतुष्पाद करण,
आजको मूहुर्त :— अग्निवास(होमादि),
काठमाण्डौं, नेपालमा सूर्योदय : ०५:३८ बजे र सूर्यास्त : ०६:३३ बजे,
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : ०५:३१ बजे र सूर्यास्त : ०६:२४ बजे,
नेपालगञ्ज, बाँके, नेपालमा सूर्योदय : ०५:५२ बजे र सूर्यास्त : ०६:४८ बजे,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
झैझगडाबाट टाढा बस्ने दिन हो । खासगरी हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग मनमुटाव हुनसक्छ । प्रेमसम्बन्धमा विश्वासको वातावरण नभएको महसुस हुनेछ । शरीरमा आलस्यपना देखिने छ, चोटपटक पनि लाग्न सक्छ । आजको कमजोरीले पछिसम्म असर पुर्याउन सक्छ । आजका लागि शुभ अंक ६ र शुभरंग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आज भोजभतेर खानपिन जस्ता कार्यमा सहभागी हुनु पर्नेछ । सानातिना कुरामा अल्मलिने समय छैन, मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । आजका लागि शुभ अंक ३ र शुभरंग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । धेरैथोर लगानी गर्नु पर्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन् । जोस र जाँगर बढ्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ । आजका लागि शुभ अंक ५ र शुभरंग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । शुभ समाचार प्राप्त हुने योग छ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । आजका लागि शुभ अंक ७ र शुभरंग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज यात्राको योग छ, तर सवारी साधन चलाउँदा वा बाटो काट्दा निकै होस राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । आजका लागि शुभ अंक ४ र शुभरंग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आजका लागि शुभ अंक ३ र शुभरंग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
दान पुण्यका कार्यतर्फ मन आकर्षित भए पनि त्यसलाई कार्यान्वयन गर्न सक्नुहुने छैन । दूरदराजमा रहेको कुनै पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । घरमा पारिवारिक समस्या र अस्वस्थता देखिन सक्छ । बौद्धिक र प्राज्ञिक क्षमताको उपयोग हुनसक्दैन । आजका लागि शुभ अंक ६ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभ अंक ८ र शुभरंग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । कतै मेजमानीको अनुकूलता समेत प्राप्त हुनसक्छ, दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । आजका लागि शुभ अंक २ र शुभरंग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लामो समयदेखि रोकिएका कामहरु बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना देखिन्छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । आजका लागि शुभ अंक १ र शुभरंग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभ अंक ४ र शुभरंग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
स्मरण गर्नुहोस् :-
माथि राशिफलमा लेखिएको विवरण जस्तो भएपनि तपाईंले आफ्नो कर्ममा विश्वास राख्नु पर्छ, आफ्नो दायित्व र कर्तव्यलाई जिम्मेबारीपूर्वक पालना गर्नुपर्छ एवं प्रत्येक दिन यो राशिफल हेरीसकेपछि अहिलेसम्म मैले परोपकार र सार्वजनिक हीतका निम्ति केके गरें भन्ने चिन्तन गर्ने बानी बसाल्नुहोस्, अनिमात्र यहाँ लेखिएका शुभफलहरू प्राप्त हुन्छन्, अशुभ र अनिष्ट फलमा न्यूनीकरण हुन्छ वा नाश भएर जानेछ ।