अर्जुनकुमार संग्रौला/ उज्यालाे । काठमाडाै, भदाै २०
हिन्दुवादी शब्द भएको गीत आफुले गाउन नसक्ने भनेर अभिब्यक्ति दिएपछि निकै विवादमा तानिएकी गायिका अन्जु पन्तले अन्तत सबैसँग माफी मागेकी छिन् । आफ्नै हातले लेखेर गायिका पन्तले आफ्नो भनाई सार्वजनिक गरेकी छन् । ‘आफुबाट कुनै पनि धर्मलाई होच्याउने र घृणा गर्ने काम हिजो पनि भएको थिएन, आज पनि भएको छैन र भोली पनि हुनेछैन्’, भनि उनले लेखेकी छिन् ।
मिडियामा आएका समाचारहरुले आफुलाई दुखी बनाएको बताउँदै हस्तलिखित पत्रमार्फत गायिका पन्तले आफुबाट अन्जानमा भूल भए माफ गरिदिन सबै समक्ष अनुरोध गरेकी छिन् । उनले लेखेकी छिन् ‘म यो भन्न चाहन्छु कि, सम्पुर्ण पत्रकार, नेपाली गीतसंगीत प्रेमी दर्शक स्रोता र सबै धर्मावलम्बीप्रति श्रद्धा गर्दछु, यदि मबाट जान अन्जान केही भूल भएको भए क्षमा चाहन्छु’ ।
‘दुर्गा माताको आशिर्वादले सोचे जस्तै पुगोस’, शहदेव कोईरालाको शब्द तथा संगीतमा रहेको यो गीतमा हिन्दुवादी शब्द भएको भन्दै गायिका पन्तले गाउन अस्वीकार गरेकी थिईन । मालश्री स्टुडियो पुगेर गीतको शब्द सुन्ने बित्तिकै उनले गीत गाउन नमानेपछि उनी विवादमा मुछिएकी हुन् । आफु क्रिश्चियन धर्म मान्ने भएकाले हिन्दुवादी शब्द उच्चारण गर्न नमिल्ने उनको भनाई रहेको थियो । यो कुरालाई लिएर सामाजिक सञ्जालहरुमा अन्जुको चर्को आलोचना हुन थालेपछि उनले आफ्नै हातले आफ्नो भनाई लेखेर सबैसँग माफी मागेकी छिन् ।
Source: http://ujyaaloonline.com