काठमाडौं, २१ बर्षकी लरेन मोरिसलाइ ८ बर्षको बच्चाका साथमा ५० पटक भन्दा बढि पटक सेक्स गरेको अभियोगमा दुइ बर्षको कैदको सजायँ दिइएको छ । जब मोरिस मात्र १६ बर्षकी थिइन । उनले ती बालकका साथमा २ बर्ष सम्म सम्बन्ध राखेकी थिइन ।
अब २१ बर्ष पुगेकी मोरिसको अहिले एउटा बच्चा पनि रहेको छ । उनी विद्यालय जाने एक ८ बर्षीय बालकका साथमा नियमित सेक्स गर्ने गर्दथिन । यस कुराको खुलासा त्यतिबेला भएको थियो, जब बच्चाले यस बरेमा आफ्नो स्कूलमा बताए ।
इङ्ल्याडको वारसेस्टर क्राउन कोर्टले मोरिसलाइ गत महिना दोषी पाएको थियो । गत मंगलबार उनलाइ यस अभियोगमा सजायाँ सुनाइएको छ । जब मोरिस कोर्टको बाहिर सजायँ सुनाइने कुरा पर्खिरहेकी थिइन । त्यसबेला उनी चुरोटको धुँवा उडाउँदै हासिरहेकी देखिन्थिन ।
जजले बताए अनुसार मोरिसलाइ आफ्नो यस गल्तिको पछुतो भएको थियो, त्यसपछि उनले ती बालकका साथमा सेक्स गर्न बन्द गरेकी थिइन । जेहोस, उनलाइ यस अभियोगमा कम भन्दा कम सजायँ दिइएको छ । मोरिसलाइ अब एक बर्षपछि जेलबाट छुटकारा मिल्नेछ ।