बिक्रम खड्का/गुल्मी असोज १ गते ।-गुल्मी जिल्लाको पिपलधाराबाट विदेशीएका युवाहरुले आफ्नो गांउको विकास निमार्णका लागि सहयोग गर्न अभियान संचालन गरेका छन् । सामाजिक संजालको प्रयोगबाट उनिहरुले पिपलधारा चौतारी सम्पर्क समिति विश्व संजाल गठन गरेर गांउको विकासका लागि सामुहिक पहल थालेका छन् ।
रोजगारी अध्ययन लगायतका शिलशिलामा विदेशीका युवाहरु संगठित भएर अभियान संचालन गरेका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा संस्था दर्ता गरेर उनिहरुले गांविसबाट विभिन्न मुलुकमा छरिएर रेहका युवाहरु संगठित गरेका छन् । भारत, मलेसिया, दुवई, साउदी ,कोरिया,जापान लगायतका मुलुकमा रहेका झण्डै सय जना युवाहरु संगठित भएर अभिायन संचालन गरेका हुन् । बाबुराम थापाको संयोजकत्वमा रहेको २५ सदस्यी मुल समिति र प्रतेक देशमा उपशाखा तथा संयोजकहरु तय गरेर उनिहरुले आर्थिक संकलन समेत गरेका छन् । उनिहरुले सबै हिसाबले पछि परेको गाविसमा भोतिक पुर्वाधार निमार्ण, शिक्षा, स्वास्थ्य समाजिक चेतना जगाउने कार्यक्रमहरु संचालनको तयारी गरेका छन् ।
गाविसमा तत्काल स्वाथ्य उपचार नपाएर सर्बसाधाराणहरुको मृत्यु भएको विगतको तितो अनुभवको सम्झर्दै उनिहरुले एम्बुलेन्श संचालनका लागि रकम संकलन गरेका छन् । उनिहरुले केहि दिनभित्रै करिब ५ लाख रकम संकलन गरिसकेको र बाकी रकमका लागि पनि स्रोतहरुको खोजि भैरहेको पिपलधारा विश्व संजालका महासचिव कृष्ण खनालले जानकारी दिनु भयो । त्यसैगरि गणेशमावी मा लाइृब्रेइरी संचालन, आगामी दशैमा विभिन्न कार्यक्रमहरु संचालन लगातका कार्यक्रमहरु पनि अघि बढाएका छन् । गत बर्षको एसएलसी परिक्षामा उर्तिर्ण विद्यार्थीहरुलाई सम्मानको कार्यक्रम तय गरेका छन् । उनिहरुले गाविसको विकास निमार्णका लागि स्थानिय राजनितिक दलहरुको ध्यानाकर्षण गराउनुका साथै आफ्नो गाृंको विकासका लागि सबै पक्षको एकताका लागि पहल गर्ने समेत जनाएका छन् ।