परिवारमा बसेर कुराकानी गर्ने
परिवारमा राम्रो वातावरण सिर्जना गर्नको लागि परिवारका सबै सदस्यहरूसँग बसेर कुराकानी गर्नु आवश्यक हुन्छ। एकअर्कालाई आदर गर्ने र एकअर्काको कुरा सुन्ने गर्नाले पनि पारिवारिक सम्बन्धमा सुधार हुन्छ। टेलिभिजन हेर्दै हो वा कुनै पुस्तक पढ्दै हो भने पनि टेलिभिजन वा पुस्तक बन्द गरेर परिवारको सदस्यको कुरा चाख दिएर सुन्नुपर्छ।
अनुभव बाँड्न उत्प्रेरित गर्ने
परिवारलाई असल र सुन्दर बनाउनको लागि त्यहाँभित्रका साना र ठूला सबै सदस्यको विचार र भावनाको कदर गरिनुपर्छ। एकअर्कामा भावना र अनुभव साट्ने वातावरण परिवारमा बनाउनुपर्छ।
परिवारसँगै समय बिताउने
अहिलेको व्यस्त जीवनमा परिवारलाई समय छुट्ट्याउन त्यति सहज छैन। तर व्यस्तताको बाबजुद पनि परिवारमा बसेर सँगै खाना खाने, गफ गर्ने, घुम्न जाने र चाडपर्वसँगै मनाउने गर्दा परिवारका सदस्यबीच झनै माया प्रेम बढ्छ। यसो गरेमा बालबालिकाले पनि आफ्नो परिवारको बारेमा राम्रोसँग जान्ने बुझ्ने मौका पाउँछन्।
बालबालिकाको लागि समय छुट्याउने
बालबालिका सधैं आफ्ना परिवारका सदस्यसँग समय बिताउन चाहन्छन्। त्यसैले उनीहरूसँगै खेल्ने, हिँड्ने, गाउने, पढ्नेजस्ता क्रियाकलापले बालबालिकालाई परिवारप्रति नजिक बनाउँछ।
जस्तोसुकै समस्या सुल्झाउने
जुनसुकै परिवारमा पनि मनमुटाव हुन्छ। यो एक मानवीय प्रवृत्ति हो। तर परिवारलाई खुसी बनाउनको लागि समस्यालाई उचित तरिकाले समाधान गर्नुपर्छ। परिवारका सदस्यलाई हेलाँ गर्ने र होच्याउने गरियो भने परिस्थिति अर्कै आउन सक्छ। त्यसैले कुनै पनि कुरा नलुकाई स्पष्ट गर्नुपर्छ र सम्बन्धमा आइपर्ने समस्याको तुरुन्तै समाधान गरिहाल्नुपर्छ।
-(एजेन्सीको सहयोगमा नितु घलेको प्रस्तुती Src: http://top10khabarr.blogspot.co.il/)