म एकदमै सेक्सी छु- नायिका जिया के.सी

सिनेमा क्षेत्रमा आउन कत्तिको गाह्रो भयो त?
आउन त त्यति धेरै गाह्रो भएन। तर काम गर्दै जाँदा यहाँ कसरी टिकीरहने भन्ने कुरामा भने धेरै नै सोचाई आउँदो रहेछ। मलाई सबैले माया गर्नु भएको छ, यसैले पनि म यो क्षेत्रमा नै अगाडि बढ्छु भन्ने लागेको छ।

 आधादर्जन भन्दा बढी सिनेमा खेल्नु भयो, तर कुनै पनि रिलीज नहुँदा दिक्क लागेको छैन?
 दिक्क त लाग्छन् नि। सबै सिनेमा क्युमा बसेका छन्। यसैले पनि अब सबै सिनेमा लगालग रिलीज हुन्छन्। 

 भोलि गएर सिनेमा चलेपछि काम नै नपाईने कुरामा डर त लाग्दैन नि?
 डर त लागि हाल्छ नि। तर पनि सिनेमा? फ्लप भएर पनि कलाकार हिट भएका धेरै उदाहरण छन् नि।

 ए.टी.एम. मा उत्तेजित्त दृश्य दिनुभएको छ भन्ने सुनिएको छ। के अब चलचित्रमा टिक्नका लागि यस्तै गर्नुपर्ने हो?
 टिक्नका लागि होइन। अहिलेको पुस्ताले जस्तो सिनेमा खोज्छन्। यस्तै सिन त दिनै पर्यो नि हैन र ?

तपाई एउटै क्याम्पमा काम गर्नुहुन्छ भन्ने आरोप छ नि?
 मैले त्यस्तो गरेको छैन। मैले सबैसँग काम गरिरहेको छु।

सिनेमा खेल्नका लागि सेक्स प्रस्ताव कत्तिको आए?
 भमराहरू फूल भएपछि वरपरी त आईहाल्छन् नि। तर पनि आफूमा कन्पि्कडेन्स भएपछि यस्ता कुराहरूले केही फरक पार्दैन।

 तपाईलाई आफू कत्तिको सेक्सी छु जस्तो लाग्छ?
 म एकदमै सेक्सी छु।

 आफ्नो अंगमा कुन अंग सेक्सी लाग्छ?
 मलाई साथीहरूले त नाक सेक्सी छ भन्छन्। तर मलाई भने आँखा र ओठ सेक्सी लाग्छ।

 दिनमा कति पटक सेक्सका बारेमा सोच आउँछ?
 आफ्नो घरमा श्रीमान् भएको भए यस्तो सोच आउँथ्यो होला। अर्कोतिर मन मिल्ने केटासाथी भएको भए पनि आउन सक्थ्यो। तर दुवै नभएकाले यस्तो सोच आउँदैन मलाई।

 तपाईलाई सेक्स गरौँ–गरौँ लाग्ने कोही पुरुष छन्?
 मलाई नेपालका नायक राजेश हमाल र आर्यन सिग्देल अनि बलिउडका अर्जुन रामपालले सेक्स आकर्षण गर्छन्।

 यदि राजेश हमालले सेक्स प्रस्ताव राखे के गर्नुहुन्छ?
 म अहिले नै भन्न सक्दिन। उहाँसँगको भेटमा नै थाहा हुन्छ के गर्छु भनेर।

 नेपालमा कुन नायक तपाईलाई कामुक लाग्छन्?
आर्यन सिग्देल, सुमन सिंह र राजेश हमाल।

 भुतको बारेमा सुन्नु भएको छ?
सुनेको त छु। तर मलाई विश्वास भने लाग्दैन।

आफ्नो कम्मर भन्दा माथिको कुनै भाग हटाउनु पर्यो भने कुन हटाउनुहुन्छ?
 म कुनै पनि भाग हटाउँदिन। तर कपाल झरेको झरै गर्छ। यसैले कपाल देखि दिक्क भने लाग्छ।

 अब कस्तो सिनेमा गर्न मन लागेको छ?
 जस्तो सुकै आएपनि गर्छु। तर भुमिका भने राम्रो हुनुपर्छ।
जनप्रहार साप्ताहिक
 भिडियो हेर्न तल क्लिक गर्नुहोस :

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट