अन्तरजातीय विहे गर्ने जोडीको केटी पक्षद्वारा घाटि रेटी हत्या

एजेन्सी लखनउ, मंसिर १३
भारतको उत्तर प्रदेश राज्यको कुसचेर चौपला गाउँमा परिवारको सहमति बिना बिहे गर्ने एक जोडीको  घाँटी रेटेर हत्या भएको छ। फरक जातका सोनु र दानसिताले दुई महिना पहिले कोर्ट म्यारिज गरेको थिए। दानसिताको परिवारलाई बिहेलाई स्वीकार गरेका थिएनन। शुक्रबार बसेको गाउँ पञ्चायतले उनीहरु अलग अलग बस्नु पर्ने उर्दी जारी गरेको थियो। 

प्रहरीका अनुसार सँगै घर भएका केटीका माइतीले शनिबार बिहान सोनुको आँगनमै उनको घाटी रेटेर हत्या गरेका थिए। आवाज सुनेर बाहिर निस्केकी दानसिताले बचाउन खोज्दा उनलाई पनि मारिएको थियो। प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। श्रोत साभारः http://setopati.com/samaj/20710/

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट