फोन चलाउने लत छ ? यो भिडियो हेर्दा तपाइँको होस् उड्छ (भिडियो सहित)

पछिल्लो समयमा मानिसहरुमा फोन चलाउने लतको समस्या नै देखिन थालेको छ । कतिपय मानिसले गाडी चलाउँदा समेत मोबाइल चलाउन छोड्दैनन् ।

तर यसो गर्नु भनेको मृत्युसँग खेल्नु बराबर हो भन्ने चेतना दुर्घटना पछि आउँछ । यहाँ राखिएको भिडियोले तपाइँलाई गाडी चलाउँदा फोन चलाउनु कति घातक छ भन्ने प्रष्ट पार्छ ।

मेट्रोमा प्रकाशित एक खवरका अनुसार लिज मार्केसले गाडी चलाउँदा फोन चलाउनु हुँदैन भन्ने कुरा उनले आफ्नो अनुहारको सुन्दरता र एउटा आँखा नै गुमाएपछि मात्र बुझिन् ।

उनले ड्राइभिङ गरिरहेको समयमा मोबाइल चलाउने बानीले एकदिन उनलाई सोंच्नै नसक्ने अवस्थामा पुर्‍यायो ।

उनलाई फोन चलाउन यति सारो लत बसेको थियो कि उनले कुनै बेला पनि छोड्न सक्दिन थिन् । तर एक दिन गाडी चलाउँदा उनको यति नराम्रो दुर्घटना भयो कि उनको आँखा नै गुम्यो ।
- Source: http://nepaliheadlines.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट