‘म भन्दा कान्छो केटा भए पनि स्वीकार्य हुने ’ : नन्दिता केसी (भिडियो रिपोर्ट)


अविवाहित नायिका नन्दिता केसीले बिहेका लागि आफू भन्दा कम उमेरको युवक भएपनि स्वीकार्य हुने बताएकी छिन् । अनलाइनखबरसँग ‘लोग्ने मान्छे’का बारेमा कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले, आफूले चलचित्र ‘लोग्ने मान्छे’मा काम गर्दा पुरुष स्वार्थी देखेको बताइन् । तर, वास्तविक जीवनमा महिला र पुरुष दुबै स्वार्थी हुने भन्दै समय नआएकाले बिहे नगरेको खुलाइन् ।

नन्दिताले खोजेको लोग्नेमान्छे कस्तो हो त ? उनले अाफ्नो सूची खुलाउँदै भनिन्- लभिङ होस्, केयरिङ होस् र रेस्पेक्ट पनि गरोस् ।’

देखेको भन्दा लेखेको पाइन्छ भन्ने बिश्वासमा नन्दिता छिन । उनले भनिन- लोग्नेको अाबश्यकताचाहिँ अझै महसुस भएको छैन् ।

अनलाइनखबरले तयार पारेको नन्दिता केसीको ‘लोग्ने मान्छे’ बिषयक कुराकानी र कार्यक्रममा भाषणबाजीका कुरा भिडियो रिपोर्टमा हेर्नुहोस् ।  
स्रोत: अनलाइन खबर 


समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट