
जब जेमीको तोकिएको मितिभन्दा पहिले २७ हप्तामा जन्म भयो तब उनका आमा–बुवासँग उनी जीवित रहने आश झिनो मात्र थियो । कतै आफ्नो बालक नरहने हुन् कि भनेर सशंकीत भइरहेको बेला त्यहाँ उपस्थित डाक्टरहरुले जेमीलाई मृत घोषित गर्दै उनकी आमालाई अन्तिम पटक अंगालो मार्न आग्रह गरे ।


जेमीले सास फेर्न र आवाज निकाल्न थाले । जेमीले यसो गरिरहँदा उनकी आमाले उनलाई अँगालोमा थप कसिन् र उनको कानमा प्रार्थना गर्न थालिन् । यसका लागि उनकी आमाको अँगालोलाई धन्यवाद नै दिनुपर्छ । यी बालकले चमत्कारिक रुपमा आफ्नो जीवन फिर्ता पाएका छन् ।
बालकका आमा–बुवाले यो विषयमा दिएको अन्तर्वाता हेर्नुहोस्ः
- साभार श्रोतः www.ratopati.com