धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा भने उठाउन सकिनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने देखिन्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ उठाउन सकिनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिता र प्रतिष्ठित व्यक्तित्वको सहयोग प्राप्त होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा हात पार्ने बेला छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
शारीरिक अस्वस्थता सम्भावना छ। सहयोगीहरूको साथ दिए पनि आजको काम अधुरै रहला। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। ठूलो सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्न सकिनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। भ्रमणको उद्देश्य पूरा नहोला, समयमात्र बित्नेछ। स्वास्थ्यगत समस्याले पनि सताउनेछ। उपचारमा खर्च होला। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
शत्रुहरूको चलखेल बढ्नाले अलि अप्ठ्यारोमा परिएला। तापनि, प्रयत्न गर्दा व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। धैर्यसाथ जुट्नाले मौकाको फाइदा लिन सकिनेछ। द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा–मामिलामा विजयी भइनेछ। वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ। व्यावसायिक काममा पनि लाभ मिल्नेछ। तर, कर्मफल र अधिकारका पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
केही कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर रहला। तापनि, प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। तर, केही अप्रिय समाचारले भने खिन्नता बढ्नेछ। व्यापारमा पनि कम मात्र फाइदा होला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
मनमा दुविधा बढ्नुका साथै समयमा निर्णय नलिँदा हातमा आएको प्रतिफल गुम्ने सम्भावना छ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। तर, परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मातृधन, पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले काममा चुनौती आउने देखिन्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धी परास्त होलान्। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
रोकिएका काम बन्नेछन्। मान–सम्मान पनि पाइनेछ। फाइदाको दिन छ। पठन–पाठनमा प्रगति हुनेछ। तर, प्रशंसकहरूले भने आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। बोलीको भरमा काम बन्ने योग छ। सहयोगीहरूले पनि साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
पारिवारिक जमघटमा मन रमाउनेछ। आजलाई कामबाट फुर्सद पनि मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुनुका साथै नयाँ काम पाइने योग छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थान परिवर्तन हुनेछ। टाढाको यात्रा सम्भावना छ। प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। तर, काममा केही चुनौती आइलाग्लान्। दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला। केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ। काममा लगानीको समय छ। छर–छिमेकमा हुने असमझदारीले अप्ठ्यारो पर्न सक्छ। Source: baralguru