*बलात्कारपछि छ वर्षीया बालिकालाई निर्बस्त्र सडकमा फालियो (भिडियो सहित)*

वीरगन्ज : बारामा फेरि एक बालिका बलात्कृत भएकी छिन् । शुक्रबार साँझ घरबाट हराएकी बालिका शनिबार बिहान अचेत अवस्थामा निर्बस्त्र भेटिएकी छिन्।
बलात्‍कृत बालिकाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जकै नेशनल मेडिकल कलेजमा लगिएको छ।
बलात्कृत बालिकाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गरिँदै ।
 सरलाको नेशनल मेडिकल कलेजको सघन कक्षमा राखेर उपचार भइरहेको छ । शनिबार साँझ सम्म उनको होश खुल्न सकेको छैन।कलैया नगरपालिका वडा नम्बर ८ मदर्शा टोल निवासी रमेश कुमार (नाम परिवर्तन) की ७ वर्षीया छोरीको बलात्कार भएको हो। शुक्रबार साँझ देखि हराएकी भएकी सरला कलैया नगरपालिका वडा नम्बर ६ स्थित श्री त्रिचन्द्र उच्च माबिसँगैको सडक छेउको खाल्डोमा शनिबार बिहान निर्वस्त्र र अचेत अवस्थामा फेला परेकी हुन्।
अचेत भेटिएकी सरलालाई योनीबाट रगत बगिरहेको अवस्थामा फेला पारिएको प्रहरी निरिक्षक हरिकृष्ण खत्रीले बताए।
उपचारमा संलग्न चिकित्सकले सरलाको बलत्कार भएको बताएको प्रनि खत्रीले जानकारी दिए ।उनले भने ,‘डाक्टरले बलत्कार नै भएको बताएका छन् ,तर लिखित रिपोर्ट भने आउन बाँकी छ । बलात्कृत बालिका सरलाका बुबा रमेशले कलैयाको दही बजार नजिकैको सडकको छेउमा पसल थापेर श्रृंगारका सामानहरु बेच्न गरेका छन् रमेशले सााझ सामान थन्काउनका लागि पसल नजिकै कोठा भाडामा लिएका छन्।
शुक्रबार साँझ सरला आफनी १० वर्षिया दिदीसँगै पसलमा गएकी थिइन् रमेशले पसलको सामान थन्काउन दुवै छोरीलाई अह्राएपछि दिदी बहिनी पसल नजिकै भाडामा लिइएको कोठातर्फ गएका थिए ।
त्यही बेला एक अपरिचित युवकले रमेशकी जेठी छोरीलार्इ भने ,तिम्रो बुबाले स्याउ सुन्ताला किनेर मेरो घरमा राखेका छन् ,हिँड मेरो घर म तिमिलार्इ दिन्छु। तर उनले म जान्न भन्दै पसल तिर हिँडेपछि त्यही मौकामा ती युवकले बहिनीलार्इ फकाएर लगेको हुनसक्ने रमेशका छिमेकी मुन्ना शेखले बताए।
पसलका सामान थन्काएर राति ८ बजे घरमा कान्छी छोरीलाई नदेखे पछि रमेशले छरछिमेकमा सोधीखोजी गरे । कान्छी बहिनीका बारेमा सोधी खोजी हुन थालेपछि राति १० बजे मात्रै जेठी छोरीलार्इ अपरचित युवकले दिउँसो स्याउ सुन्तालाको प्रलोभन दिएर घर लान थालेको घटनाबारे आफुलाइ जानकारी दिएको रमेशले बताए।
चारैतिर खोजतलाश गर्दा पनि छोरी नभेटिएपछि उनले जिल्ला प्रहरी कार्यालय बारामा शनिवार राति नै खबर गरे । रमेशको खबरपछि प्रहरीले कलैयामा सरलाको रातभर खोजी गर्दा पनि फेला पार्न सकेन।
शनिबार बिहान अचानक एक स्थानीयले टेलिफोन गरेर श्री त्रिचन्द्र उच्च माविको दक्षिणपट्टीको जग्गामा एक बालिका निर्वस्त्र र अचेत अवस्थामा रहेको जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनको उद्धार गरी उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पुर्याइएको प्रनि खत्रीले बताए।
बाराका प्रहरी उपरीक्षक लोकेन्द्र बहादुर मल्लले घटनामा संलग्न रहेको आशंकमा दुई जनालार्इ नियन्त्रणमा लिएको बताए । ‘दुई युवकलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ, उनले भने , अरु शंकास्पद व्याक्तिलाई पनि नियन्त्रणमा लिन प्रहरी टोली खटाइसकेको छु।‘स्रोत :अन्नपूर्ण पोस्ट 
भिडियो हेर्नुस :

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट