तपाईंको आज ➲ वि.सं.२०७१ साल फागुन १४ गते बिहीबार


सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। अलि अन्योलमा परिनेछ। सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना छ। द्विविधा बढ्नाले तत्काल निर्णय लिन नसकिएला। विभिन्न अवसर भने पाइनेछ र बिस्तारै धनलाभ पनि हुनेछ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : 
पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइएला। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। प्रतिष्ठित काम गर्ने मौका छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। सानो त्रुटिले कार्यसम्पादनमा विलम्ब हुने योग छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : 
कामका लागि फलदायी यात्रा वा स्थान परिवर्तन हुने सम्भावना छ। साथै, खर्च बढ्नेछ। चुनौती पनि सामना गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। तर, सोचेभन्दा सजिलै काम बन्नेछ। केही विलम्बको पनि योग छ, धैर्य गर्नुहोला। छर–छिमेकमा असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
आँटेका काम बीचैमा रोकिने सम्भावना छ। आयआर्जनका लागि श्रम धेरै गर्नुपर्नेछ। भएको आम्दानी र सञ्चित रकम समेत अनावश्यक ठाउँमा खर्च हुन सक्छ। तापनि आम्दानी भइरहने छ र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा उठाउन सकिनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : 
प्रतिष्ठित काम गर्ने मौका छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि राम्रै लाभ मिल्नेछ। तर अरूका पनि जिम्मेवारी वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। शासक वर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोस् । पढाइलेखाइमा समय दिन नसकिने र व्यापारमा फाइदा हुने योग छ। काममा मातापिताको सहयोगले राम्रो फाइदा हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटन आदिको योग छ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका धेरै काम समेत सम्पादन हुनेछन्। परिश्रम परे पनि काममा राम्रै सफलता मिल्नेछ। भाग्योन्नतिको समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : 
सहयोगीहरू जुटाउन निकै प्रयत्न गर्नुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : 
रमाइला ठाउँको भ्रमण गर्ने मौका छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन पनि कसिने बेला छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला। सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा अन्तत: फाइदा नै हुनेछ। आफ्ना विरोधीहरूलाई निहुराउन सकिनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : 
व्यापारमा प्रशस्त र पशुपालन तथा कृषि क्षेत्रमा सामान्य लाभ मिल्ला। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। प्रयत्न गर्दा उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। सुखद समाचारले थप उत्साह बढ्नेछ। स्वास्थ्य सबल रहनेछ र व्यावसायिक काममा फाइदा हुने योग छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : 
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना भने तत्काल फलदायी नहोलान्। तर, थोरै भए पनि स्थायी सम्पत्ति जोड्ने समय छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ। काममा मातापिताको सहयोग प्राप्त होला। नयाँ काममा हात हाल्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
आर्जित धन तत्काल खर्च गर्नुपर्ला। पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। सहयोगीहरूले हात झिक्न सक्छन्। दाम्पतीबीच असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा हुनेछ। परिणाम आउने बेलामा काम बिग्रने देखिन्छ, सचेत रहनुहोला। श्रोतः वरालगुरु

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट