आफुले तामझामसँग बिहे गरेर भित्राएकी श्रीमतीमाथि कसैले दाबी
प्रस्तुत गर्यो भने के होला ? अझ आफुलाई भुतपूर्व प्रेमी दाबी
गर्दै कसैले निकै आत्मीय क्षणका तस्वीरहरु पठाएर नवबेहुलीको विगतको पर्दाफास गर्यो
भने के गर्ने ? साँच्ची विलखबन्दमै परिन्छ होला । एक युवकले भने यस्तै
काण्डमा आफ्नी नवविवाहिता श्रीमतीसँग हनिमुनकै रात डिभोर्सको प्रस्ताव राखेका छन्
।
एक मुस्लिम धर्मगुरुशेख गाजी विन अब्दुल अजिज अल समारीले
कुवेती टेलिभिजनलाई दिएको खबर अनुसार विवाह गरेको केही घण्टामै यस्तो घटना भएको
थियो ।
साब्क नामक वेबसाइटका अनुसार ती बेहुलीका भुपु प्रेमीले फुलको
बास्केटमा उपहार पठाउने निहुँमा एक पेनड्राइभ समेत पठाएका थिए । साथै सो
पेनड्राइभका सामाग्री हेर्नुहोला भनेर समेत एउटा कागजमा लेखिएको रहेछ । त्यो
पेनड्राइभमा के रहेछ भनेर कम्प्युटरमा खोलेर हेर्दा बेहुला झसँग भए । त्यहाँ र
आफ्नै श्रीमतीले त्यो पेनड्राइभ पठाउने युवकसँग रोमान्स गरेका आत्मीय तस्वीरहरु पो
रहेछन् ।
आफ्नी श्रीमतीको असली रुप देखेपछि बेहुला रन्थनिए । हनिमुनका
लागि कोठामा छिरेका युवकले तत्कालै श्रीमतीसँग डिभोर्स मागे ।
धर्मगुरुका अनुसार ती युवक अर्को दिन मानसिक चोट लिएर उनीसँग
भेट्न आएका थिए । ती बेहुलाले आफुले त्यस्ती केटीलाई अब श्रीमती नबनाउने निधोमा
पुगेको कुरा धर्मगुरुलाई सुनाए ।
वास्तवमा त्यो भुपु प्रेमीले ती युवतीको बिहे हुने लगभग पक्का
भैसकेपछि एकदिन उनीसँग भेटेर सँगै तस्वीर खिचाएको रहेछ । पछि उसले तिनै तस्वीरको
माध्यमबाट युवतीलाई ब्लाकमेल गर्दै धम्काउने गरेको रहेछ । आफुसँग बिहे नगरेर अरु
कसैसँग बिहे गरेमा फोटोहरु सार्वजनिक गरिदिने धम्की बेलाबेलामा दिने गरेको रहेछ ।
अन्ततः ती युवतीले अर्कै केटासँग बिहे गरेपछि त्यो युवक निम्तालुको रुपमा आएर बेहुला
बेहुलीलाई फुलको बास्केट उपहार दिएजस्तो गरी त्यसमा उनै तस्वीरहरु रहेको पेनड्राइभ
समेत हालेछ ।
कुवेती टेलिभिजनसँग यस्तो कुराको खुलासा गर्ने ती साउदी
धर्मगुरुले कुन देशमा यस्तो घटना घटेको हो ? भन्ने
कुरा भने खुलाएका छैनन् ।