बाबा ताता भन्दै, बोलेको याद आयो ।
काँधेकुरी हुइया गर्दै, बोकेको याद आयो ।।
रिसाएर ठुस्किएर, लडीबुडी गर्दै गर्दा ।
लगेन भनी बाटैमा, सुतेको याद आयो ।।
मेरो आँखा छली छली, बाहिर निस्किएर ।
धुलो पानी मिलाएर, मुछेको याद आयो ।।
आज उसलाई घरमै छाडी, वाध्यताले टाढिदा ।
मेरो सानो साथी “सुशान”, छोटेको याद आयो ।।