विवाहबन्धनमा बाँधिएको एक महिनामै विधवा बन्ने कुराको कल्पनासम्म पनि गर्न सक्दैनन् महिला । यही अकल्पनीय बज्रपात परेको छ, नायिका श्वेता खड्कालाई । एक महिनाअघि नायक श्रीकृष्ण श्रैष्ठसँग धुमधामसँग गरेको बिहे उनका लागि केवल चिसो स्मृति बन्न पुगेको छ ।
श्रीकृष्णको वियोगको चोट देशभरिका प्रशंसकलाई पर्यो,तर यसको पीडा श्वेतालाई जति अरु कसलाई महसुस् होला रु भारतमा पतिको प्राण गएदेखि नेपालमा ल्याएर दाहसंस्कार गर्दासम्म उनी असह्य बेदनामा थिइन् । अहिले पनि उनी अर्धमुर्छित अबस्थामै छिन् । भेट्न आउनेको लर्को छ,सहानुभुति दिनेको भीड छ । तर श्वेता कसैसँग बोल्नसक्ने अबस्थामा पनि छैनन् ।
सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएपछि श्वेता श्रीकृष्णको घर ९ म्हेपी बालाजु०मा परिवार सदस्यका साथ किरियामा बसेकी छन् । तर उनी पुर्ण होसमा भने छैनन् । छिनमै टोलाउछिन्,छिनमै रुन्छिन् । उनलाई सम्झाउन र सम्हाल्न करिब एक दर्जन महिला उनको वरिपरि बसेका छन् । शबयात्रा र दाहसंस्कारमा मात्र होइन्,घरमा समेत श्रीकृष्णप्रति श्रदान्जली अर्पण गर्न दर्शक,शुभ चिन्तक र आफन्तको भीड लागिरहेको छ । जसरी,कोहिनुर हेर्न देशभरका हलमा दर्शकको घुँइचो लागिरहेको छ ।
‘श्वेता बहिनिले साहस जुटाउनु पर्छ’,कोहिनुरका निर्देशक आकास अधिकारी भन्छन्,‘श्रीकृष्णले केही सपना हामीसँग बाड्नु भएको थियो,त्यो भन्दा बढी पत्नी श्वेतासँग बाड्नुभएको थियो होला ।त्यसैले श्वेता बहिनिले श्रीकृष्णजीको सपना पुरा गर्न आत्मबल बढाउनुपर्छ । उनी र उनको परिवारलाई भगवानले धैर्य धारण गर्ने शक्ति दिऊन भन्ने कामना गर्छु ।’
साढे ६ वर्षअघिको चिनजान र पाँच वर्षअघिदेखिको प्रेमसम्बन्धपछि परिवारको सहमतिमा उनीहरुले बिहे गरेका थिए । बिहेलगत्तै हनिमुन मनाउन पति श्रीकृष्णका साथ भारत पसेकी श्वेताको जीन्दगीले फरक मोड लियो । हाँसीखुसी घुमिरहेका पति एकाएक बिमारी परे । देशमा आँफैले बनाएको फिल्म  रिजिल मिति नजिकिँदै गर्दा श्रीकृष्ण दिल्लीको गंगाराम अस्पतालको आइसियुमा मृत्युसँग संघर्ष गर्दै थिए भने श्वेता पतिको हेरचाह र स्वास्थ्यलाभको कामना गर्दै भगवान पुकारिरहेकी थिइन् । तर,अफसोच,दैब यति निष्ठुरी भइदियो कि,श्रीकृष्णलाई मृत्युसँग हराएरै छाड्यो । 
रातोपाटीबाट




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate