बेङ्गोलर–रेलमन्त्री सदान्द गौडाका पुत्र कार्तिकलाई पक्राउ गर्न बेङ्ग्लोरको अदालतले आदेश दिएको छ। कन्नड फिल्मकी हिरोइनले दायर गरेको बलात्कार अभियोग निवेदनमा सुनुवाइ गर्दै अदालतले मन्त्री पुत्रलाई पक्राउ आदेश जारी गरेको हो।
कार्तिमाथि हिरोइन मैत्रेयीले बलात्कार तथा धोखाधडीको अभियोगमा मुद्दा दर्ता गराएकी थिइन्। प्रहरीले बलात्कार, विश्वासघात एवं धोकाको मामिलामा मैत्रेयीको उजुरी लिएको थियो। कार्तिकको अर्कै युवतीसँग इङ्गेजमेन्ट भएपछि मैत्रेयीले प्रहरीमा उजुरी गरेकी थिइन्।
हिरोइनले कार्तिकविरुद्ध विवाहको प्रपञ्ज रचेर शारीरिक सम्बन्धन राखेको अभियोग लगाएकी छन्। गौडा परिवारले दुईबीच कुनै सम्बन्ध नभएको दाबी गर्दै आएको छ। प्रहरीले धारा ३७६, ४२० तथा ४०६ अनुसार रेलमन्त्रीका पुत्रविरुद्ध अदालतमा फायल बुझाएको थियो।
मैत्रेयीले कार्तिकलाई यो महिना मे महिनादेखि चिनेकी दाबी गरेकी छिन्। उनले कार्तिकको आमासँग समेत कुराकानी गरेको बताएकी छिन्।
मन्त्रीपुत्रले मेङ्ग्लोर स्थित आफ्नो निवासमा गोप्य रुपमा विवाह गरेको बताइएको छ। २५ जुलाइमा विवाहपछि उनले मैत्रेयीसँग कुराकानी गर्न बन्द गरेका थिए। यता हिरोइनकी आमाले भने दुवैबीचको सम्बन्धको पुष्टि गरेकी छिन्।
हिरोइनका साथ खिचेका तस्विरहरुलाई पनि मन्त्रीपुत्रले फर्जी भन्दै आएका छन्।
मैत्रेयले अजय रावका साथ सूर्या द ग्रेट, हृदय, आइ मिस यू सहित तमिल फिल्म थीकुचिमा पनि अभिनय गरेकी छिन्। - Source: http://www.nagariknews.com

 Rupee Exchange Rate
   Rupee Exchange Rate