काठमाडौं ३१ भदौ ।
सन् २००० मा लिटिल लेडीको उपाधि जितेकी खुश्बु ओलीले त्यसको ६ वर्षपछि मिस टिन नेपालको उपाधि हात पारेकी थिइन्। आकर्षक सौन्दर्य र प्रस्ट बोल्न सक्ने खुबीका कारण सौन्दर्य प्रतियोगिता मात्र होइन, आमजीवनमा समेत धेरैलाई प्रभावित तुल्याउन सक्ने क्षमता खुश्बुमा छ। मिस टिनको उपाधि जितेपछि उनले सामाजिक कार्यमा सक्रिय रहने प्रतिबद्धता पनि जनाएकी थिइन्।
मिस टिनको उपाधि जितेलगत्तै लागूपदार्थ दुव्र्यसनमा फसेर पुनर्जीवनका लागि पुनस्र्थापना केन्द्रमा बसेका युवाहरूसँग काम गर्दै उनको सामाजिक सेवा प्रारम्भ पनि भयो। त्यही क्रममा भेटिए, अर्पण कोइराला। लागूपदार्थको दुव्र्यसनमा फसेर पुनर्जीवनका लागि पुनस्र्थापना केन्द्रमा रहेका अर्पण खुश्बुको सौन्दर्यबाट यति प्रभावित भए कि उनले भनेका सबै कुरा अक्षरस मान्न थाले। कवि धरणीधर कोइरालाका यी नाति १५ दिनको सामीप्यतामा सबै नशा बिर्साउन खुश्बुको नसा नै पर्याप्त हुने निक्र्यौलमा पुगे। उनले खुश्बुलाई भने- ‘म लागूपदार्थ दुव्र्यसनबाट सधैंका निम्ति मुक्त हुन चाहन्छु, त्यसका लागि तिमीले मलाई साथ दिनुपर्छ, म तिमीसँग सुन्दर जीवन बिताउन चाहन्छु, खुश्बु तिमी मलाई अपनाऊ।’
दुव्यर्सनको कुलतमा फसेको युवाले आफ्नो साथ पाए कुलतमुक्त भएर नयाँ जीवन पाउने कुरा गर्दा भावनात्मक हिसाबले खुश्बुलाई चसक्क छोयो, तर त्यतिले मात्र मानिसको मन जित्न सकिँदैनथ्यो, खुश्बुले त्यो कुरालाई सामान्य हिसाबले लिइन्। लगत्तै अर्पणका माता-पिताले खुश्बुलाई भेटेर छोराको चाहना पूरा गरिदिन आग्रह गरे। त्यसबीचको समयमा खुश्बु पनि अर्पणसँग नजिकिँदै थिइन्। साथीका रूपमा खुश्बुले पुनस्र्थापना केन्द्रबाट निकालेर अर्पणलाई पूर्णतः सामाजिक कार्यमा सक्रिय गराउने निधो गरिन्। नजिकिँदै गएको यो सम्बन्धले अर्पणलाई नयाँ जीवन दिएको थियो भने खुश्बुलाई सामाजिक सेवा गर्ने अभीष्ट पूरा गर्ने बलियो साथी।
प्लस टु अध्ययन गरिरहेकी खुश्बुका अगाडि अध्ययन महत्त्वपूर्ण कुरा थियो। त्यसैले उनीहरू अध्ययनका निम्ति बेलायत जाने भए। सुरुमा खुश्बुलाई पठाएर पछि अर्पण बेलायत गए। बेलायतमा एक बि्रटिस नागरिकको सहयोगमा अर्पणले खुश्बुका लागि अक्सफोर्ड विश्वविद्यालयमा स्नातक तहको अध्ययनको व्यवस्था मिलाएका थिए। अर्पणका अनुसार राजधानीको एक परिचित कन्सल्टेन्सीमा उनले नै पैसा बुझाएर खुश्बु र आफू बेलायत जाने व्यवस्था गरेका थिए। यद्यपि त्यसलाई मान्न खुश्बु तयार छैनन्। ‘मैले सामान्य कलेजमा पढेर खुश्बुलाई विश्वचर्चित विश्वविद्यालयमा ठूलो रकम खर्चिएर अध्ययन गराएको हुँ,’ मुम्बईबाट मोबाइलमा कुराकानी गर्दै अर्पणले भने- त्यसको सबै प्रमाण मसँग छ, एजुकेसन कन्सल्टेन्सीसँग सोध्न सक्नुहुन्छ, प्रस्ट थाहा हुन्छ।’ आर्थिक रूपमा आफ्नो परिवार मजबुत भएकाले खुश्बुले आफ्नो प्रेमप्रस्ताव स्वीकार गरेको अर्पण बताउँछन्। खुश्बुलाई आफ्नो बनाउन करोडौं रुपैया खर्चिएको उनले फेरि पनि दाबी गरे।
उनीहरूले सञ्चालनमा ल्याएको सडक बालक पुनस्र्थापना केन्द्रलाई सामाजिक सेवाको मूल आधार बनाए। हाल ३२ जना सडक बालबालिका रहेको उक्त सामाजिक संस्थालाई अहिले खुश्बुले सेल्टर होम नाममा सञ्चालन गरेकी छिन्। ३ वर्ष सँगै बेलायत बसेका उनीहरूले त्यहाँ घरसमेत किनेका थिए। व्यवसायका लागि भनेर अर्पणले एउटा रेस्टुराँ पनि खरिद गरे। अर्पण यो सबै खर्च आफूले गरेको बताउँछन् भने खुश्बु घर किन्नेदेखि त्यहाँको अध्ययन र बस्नेसम्मको खर्च आफ्नो परिवारले गरेको बताउँछिन्। ‘अर्पणको परिवार सम्पन्न अनि मचाहिँ विपन्न होइन,’ खुश्बुले भनिन्- ‘मेरो परिवारको आम्दानी अझ बढी थियो, म सम्पन्न परिवारकी छोरी थिए, मैले बेलायतमा पढ्ने नाममा बुबालाई धेरै सम्पत्ति बेच्न बाध्य बनाए।’ रेस्टुराँमा अर्पणले गरेको व्यक्तिगत लगानी डुबेको खुश्बु बताउँछिन्। खुश्बु पोस्ट ग्राजुएट सकेर अर्पणभन्दा डेढ वर्ष पछि मात्र नेपाल आइन्।
अर्पण र खुश्बुबीच नेपाल आउँदासम्म पनि राम्रै सम्बन्ध थियो। बीचको समयमा अर्पणले सामाजिक संस्थाको काम हेरे। अर्पण भन्छन्- ‘मैले खुश्बुलाई आफ्नो बनाउन भनेर बीच बीचमा विभिन्न मुलुक घुमाउनेदेखि क्रिकेटको आईपीएल हेर्न भारतका विभिन्न रंगशालामा समेत पुर्याएँ। खुश्बुको घरमा सबैले मलाई ज्वाइँसरह माया गर्नुहुन्थ्यो। खुश्बुका ममी-ड्याडीलाई समेत आफ्नै खर्चमा बेलायत लगेको थिए।’ अर्पणका यी सबै कुरा खुश्बुको परिवार ठाडै नकार्छ। अझ आफ्नो चेक बुक विभिन्न मानिसलाई दिएर आफू लुटिएको ओली परिवारको दाबी छ। ‘विश्वासमा चेकबुक लियो, पछि विभिन्न मानिसलाई ऋण तिर्ने नाममा सबै पैसा सकिदियो, त्यो हामीलाई सडकमा ल्याउने प्रयास थियो उसको ‘ खुश्बुका पिताका अनुसार कीर्तिपुरको घर बेचेको ९० लाख तथा मोरङको खेत बेचेको ६० लाख रुपैयाँ उसकै कारण सकियो। मुख्य कुरा सम्बन्ध बन्ने आशामा त्यतिबेला साझा आर्थिक कारोबार गर्न दुवै पक्ष राजी थियो, जब सम्बन्ध बिगि्रयो अनि एक-अर्काविरुद्ध आरोप-प्रत्यारोप चल्यो।
अर्पणका अनुसार चरीलाई उनले नै खुश्बुसँग चिनापर्ची गराएका थिए। सुरुवातमा चरीले खुश्बुलाई भाउजू भन्ने गरेको अर्पण बताउँछन्। अर्पण चरी र उनको समूहसँग मित्रवत सम्बन्धमा थिए। खुश्बुले पनि चरीसँगको अर्पणको सम्बन्धलाई आपत्तिजनक मानिनन्। आपराधिक क्रियाकलापमा लिप्त भए पनि खुश्बुले चरीलाई राम्रो व्यवहार गर्ने व्यक्तिका रूपमा लिइन्। फलतः उनीहरूको सम्बन्ध नजिकिँदै गयो तर खुश्बु यो कुरा मान्न तयार छैनन्।
उनका अनुसार उनी पछिल्लो डेढ वर्ष बेलायतमा रहँदा अर्पण नेपाल आएर पहिलेजस्तै दुव्र्यसनी भएर बिगि्रएका थिए, त्यही क्रममा उनलाई फेरि नयाँ दिल्लीको एक पुनस्र्थापना केन्द्रमा राख्नुपर्यो। अर्पणको अय्यासीका लागि आफ्नो र अर्पणकै परिवारको सम्पत्ति गएपछि नेपाल फर्किएर फेरि उसलाई ट्रयाकमा ल्याउन आफूले प्रयास गरेको खुश्बु बताउँछिन्। ‘अर्पण धेरैको ऋण खाएका कारण मेरो घरमा लुकेर बस्नुपर्ने अवस्थामा पुग्यो,’ सम्बन्ध बिगँ्रदै गए पनि व्यवहार मिलाउँला भनेर अर्पणलाई आफ्नो घरमा राखेको कुरा बताउँदै खुश्बुले भनिन्- ‘उसको अरू केटीहरूसँगको अनैतिक सम्बन्ध र क्यासिनो जाने, लागूपदार्थ सेवन गर्ने क्रमले मलाई दिक्क बनाइसकेको थियो, तर पनि आफ्नो २-३ करोड डुबेकाले घरमा लुकाएर राखे।’
चरीसँगको प्रेम
त्यसो त खुश्बुलाई चरीसँग चिनाउने अर्पणले सोचेका पनि थिएनन् होला- तिनै चरी नै आफ्नी गर्लफ्रेन्डको ब्वाइफ्रेन्ड बन्ला भन्ने कुरा। खुश्बु यो कुरा मान्न तयार छैनन्। खुश्बुका अनुसार अर्पण भाग्ला भनेर उनले उसको पासपोर्ट आफूसँग राखेकी थिइन्, उक्त पासपोर्ट हात पार्न अर्पणले चरीको साथ लिए। दिनेशजी दिनहुँ उसको पासपोर्ट लिन मेरो घर आउनुहुन्थ्यो, खुश्बु भन्छिन्- ‘त्यस क्रममा अर्पणले लगाएको ऋणको भार हामीमाथि जसरी परिरहेको थियो, त्यो उहाँले देख्नुभयो, पछि उहाँले पनि अर्पणलाई व्यवहार मिलाउन सल्लाह दिनुभयो, त्यसका लागि आफू सहयोग गर्न तयार भएको दिनेशले बताएका थिए, तर अर्पण सम्हालिन नसक्ने गरी बिगि्रसकेको थियो। अर्पणले भाग्ने दाउ मात्र खोजिरहेको बुझेर उहाँले मलाई साथ दिनुभयो।’ त्यस क्रममा खुश्बु र दिनेशबीच अफेयर सुरु भैसकेको थियो। अब उल्टै अर्पणलाई चरीको ‘थ्रेट’ आउन थालेपछि अर्पण आफ्नो हतियार आफैंतिर फर्किएको महसुस गरेर भारत भाग्ने दाउमा लागे।
खुश्बु-अर्पण निकटस्थ स्रोतका अनुसार चरी र उनको समूहबाट जोगिन अर्पण अनुहार छोपेर केही स्थानमा पुग्थे। अर्पण चरीसँग निकै डराएका थिए। खुश्बुलाई भार पारेको भनेर चरीले सबै ऋण सेटल गर्न अर्पणलाई चेतावनी दिएका थिए। एक समय यस्तो पनि आयो कि अर्पण त टाट पल्टिए नै, खुश्बुको परिवार पनि आर्थिक रूपमा निकै समस्यामा पर्यो। त्यसकारण पनि चरीको निरन्तर सम्पर्कमा रहनु खुश्बुका निम्ति आवश्यक भैसकेको थियो। खुश्बुका अनुसार उनीहरू करिब डेढ वर्ष सामीप्यमा रहे। पछिल्लो समय काठमाडौंमा एसएसपी रमेश खरेल आएपछि गुण्डाहरू भागाभाग भए। त्यही क्रममा अर्पणको सट्टा चरी नै लुक्न भनेर भारत पुगे। ग्याङस्टर राधेसँगको लफडाले पनि उनलाई अप्ठ्यारोमा पारेको थियो।
त्यसपछि भारतमा भएका अर्पण नेपाल आएर आफ्नो सवारीसाधन खुश्बुले लुटेको जाहेरी प्रहरीसमक्ष दिन पुगे। बैंकको कागजातदेखि यातायात व्यवस्था विभागको दर्तापत्र सबै खुश्बुको नाममा भएको पाइएपछि अर्पणले उक्त गाडीबाट पनि हात धुनुपर्यो। ‘अर्पण र उनको समूहले आफूलाई मार्न घरमा एकजना व्यक्तिलाई मध्यरातमा पठाएका थिए।’ खुश्बु दावी गर्छिन्- ‘धन्न म बाँचें, प्रहरीमा उजुरी दिएर अर्पणलाई थुनाउन सक्थें, तर मैले किन निहुँ खोज्नु भनेर छाडिदिएँ, त्यो गल्तीले गर्दा अहिले परिवारको सदस्य गुमाउनुपर्यो।’
चरी भारतमा लुकेको बेला खुश्बु उनीसँग गोवा तथा दुबई घुम्न गएको दाबी गर्दै खुश्बु निकटस्थ समूहका एक सदस्यले भने- ‘डिप अफेयरकै कारण उनीहरू भारत र दुबईमा मस्ति गरिरहेका थिए।’ तर खुश्बु दिनेशसँग घुम्न गएको कुरा मान्न तयार छैनन्। एमाले सरकारमा आएपछि खुश्बुले दिनेशलाई नेपाल ल्याउन चाहिन्। ‘दिनेशले मसँग सुधि्रएर राजनैतिक जीवनमा आउन चाहेको कुरा बताएको थियो।’ खुश्बु भन्छिन्- ‘आपराधिक क्रियाकलापबाट टाढिन चाहँदा पनि उसलाई फेरि त्यतातर्फ डोर्याउन खोजियो, आफू राम्रो मानिस हुँ भन्ने कुरा पुष्टि गर्न अदालत जान चाहँदा-चाहँदै उसलाई समाप्त गरियो।’ आफू मारिएको बिहान ९ बजे चरीले भाइबरका माध्यमबाट कुरा गर्दै आफूसँग भोलि कोर्टमा गएर न्यायका निम्ति अपिल गर्ने जानकारी दिएको खुश्बुको दावी छ। त्यसो त केहि समयअघि साप्ताहिकसँगको कुराकानीमा खुश्बुले दिनेशको आपराधिक इमेज पखाल्दै दुवै जना विदेशमा सेटल हुन सक्ने कुरा पनि बताएकी थिइन्, तर पछिल्लो कुराकानीमा भने न्यायालयसम्म पुगेर दिनेशलाई राजनीतिक जीवनमा सक्रिय गराउने तथा दसैंसम्ममा इन्गेजमेन्ट गर्ने सोच बनाएको उनले बताईन् । खुश्बु भन्छिन्-’आपराधिक बाटोबाट धेरै पर रहेर उनी अबको आमनिर्वाचनमा धादिङको प्रतिनिधि भएर संसद् छिर्ने योजनामा थिए, तर त्यो चाहना अधूरै रह्यो।’ 
#साप्ताहिकबाट




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate