आजको राशिफल/ वि.सं. २०७१ आश्विन ३० गते विहिबार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रेमीप्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ। यात्रा सफल बन्नेछ। मित्र सहयोग प्राप्त हुनेछ। विरोधीमाथि विजय प्राप्त हुनेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
खोजअनुसन्धानमा रुचि बढ्नेछ। मित्रजनको सहयोगले कार्यमा सफलता मिल्नेछ। चोटपटकको योग छ। शत्रु बढ्नेछन्।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
व्यापारव्यवसायमा सुधार आउनेछ। आफन्तले धोका दिन सक्नेछन्। वैवाहिक सम्बन्धमा कटुता बढ्ने देखिन्छ। अध्ययनअध्यापन सुधार आउनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पराक्रम बढ्नुका साथै अध्ययनअध्यापनमा सफलता मिल्नेछ। कार्यप्रति दृढता बढ्नेछ। वैदेशिक यात्रामा सफलता मिल्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक कार्यमा समय बित्नेछ। राजनीतिक कार्यमा सफलता मिल्ला। मध्याह्नपछि भाग्योदयको योग देखिन्छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
वैदेशिक यात्रामा अनपेक्षित सुधार आउनेछ। कठिन यात्राको थालनी होला। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
वैवाहिक जीवनमा समस्या देखा पर्नेछ। अपरिचित व्यक्तिसँगको सम्बन्धमा सावधानी अपनाउनुहोला।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आन्तरिक मनोबल दृढ बन्नेछ। बहुमूल्य वस्तुको व्यापारव्यवसायमा अपेक्षित लाभ हुनेछ। एेश्वर्य प्राप्तिको योग छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
राजकाजमा सफलता प्राप्त हुनेछ। आयआर्जनमा लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। अनुसन्धानात्मक कार्यमा खर्च बढ्नेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
राजनीतिक कार्यमा अन्योल बढ्ला। आफन्तको सहयोगले अल्झनमा परेका काम सफल होलान्। पेटको समस्याले सताउला।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
स्वास्थ्यमा समस्या आउनेछ। यात्राको योजना बन्नेछ। आमाबुबाको सहयोग प्राप्त हुनेछ। मानसम्मान बढ्नेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
व्यापारमा लाभ होला। आयआर्जनमा वृद्धि हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट