एप्पलका सिइओद्वारा आफू समलिंगी भएको खुलासा

भने, ‘म समलिंगी हुनुमा गर्व गर्छु’
काठमाडौं, कार्तिक १३ – एप्पल कप्पनीका सिइओ टिम कुकले सार्वजनिक रुपमा आफू समलिंगी भएको स्वीकार गरेका छन् । उनले यसलाई ‘भगवान दिएको सुन्दर उपहार’ का रुपमा व्यवाख्या गरेका छन् ।

आफू यसअघि कहिले पनि समलिंगी भएको अस्विकार नगरे पनि उनले सार्वजनिक रुपमा सललिंगी भएको खुलासा गरेको यो पहिलो अवसर हो । यसबारेमा उनले ब्लुमबर्गमा एक लेख पनि लेखेका छन् ।

 ‘म समलिंगी हुनुमा गर्व गर्छु’ विश्वकै शक्तिशाली कम्पनीका सिइओ कुकले बिहिबार भने, ‘मेरो कम्पनीमा धेरैलाई म समलिंगी हो भन्ने थाहा छ तर उनीहरुको व्यवहारमा कुनै बदलाव आएको छैन ।’

स्टिभ जब्सको निधन पछि ५३ वर्षीय कुक सन् २०११ को अगस्तमा एप्पलको सिइओ बनेका हुन् ।
- Source: http://www.ratopati.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट