सीतारामजी र मेरो चिनजान पुरानो हो। हास्यटेलिशृंखला 'मेरिबास्सै' सुरु हुनुभन्दा अघिदेखि नै हामी साथी हौं। सँगै काम गर्ने, सँगै हिँड्ने क्रममा एकअर्काबाट प्रभावित हुँदै गयौं। तापनि मैले प्रेमीका रूपमा हेरेको थिइनँ। उहाँले मन पराएको चाहिँ मलाई थाहा थियो। मैले आफैं करिअर बनाउने समय भएकाले अहिले त्यस्तो नसोच्न आग्रह गरेँ।
'मेरिबास्सै' सुरु भएको चार वर्षपछि हामी विवाहबन्धनमा बाँधियौं। त्यसपछि भने मैले साँच्चिकै गहिरो प्रेमको अनुभूति गरेँ। विवाहअघि यति अगाध मायाको महसुस भएको थिएन। लामो समय सँगै काम गरेको साथीलाई जीवनसाथी बनाए पनि विवाह भएपछि भने साथी हुँदा बोलेजसरी बोल्न सजिलो नहुँदो रहेछ।
छायांकन, स्टेज कार्यक्रममा अरूका अगाडि हामी आँखाले इसारामा कुरा गथ्र्यौं। विवाहको तीन दिनपछि कार्यक्रमका लागि पोखरा जानुपर्ने भयो। त्यो नै हाम्रो लागि हनिमुन भयो। साथीहरूसहित समूहमा घुम्यौं तर हामी दुईजनाको मनमा बेग्लै भावना थियो।
विवाह भएको तीन वर्ष भयो। जति दिन बित्दै गयो उति माया बढ्दै गएको छ। हामी अहिले पनि नयाँ जोडीजस्तै छौं। सम्बन्ध ताजा बनाउने विषय आफैंमा निर्भर गर्छ।
धेरै ठाउँमा सचेतनाका कार्यक्रम गर्दै हिँडेकाले शारीरिक सम्बन्धका बारेमा हामी सकारात्मक थियौं। भर्खर बिहे भएका बेला श्रीमान्को हात समाएर हिँड्न पाउँदा संसार जितेजस्तो लाग्थ्यो।
एकअर्काको नजिक रहँदा रमाइलो अनुभव हुन्थ्यो। त्यो समय अविस्मरणीय लाग्छ। धेरै ठाउँमा सचेतनाका कार्यक्रम गर्दै हिँडेकाले शारीरिक सम्बन्धका विषयमा सकारात्मक र खुला थियौं। अहिलेसम्म पनि हाम्रो समझदारी उत्तिकै राम्रो छ।
पोखराबाट फर्केको केही दिनमा कोरिया गयौं। कार्यक्रमका लागि गएकाले त्यहाँ पनि साथीहरूको समूह थियो। विदेशमा कार्यक्रम गर्न जाँदा समूहमा प्राय: म एक्ली केटी हुन्थेँ। होटेलको कोठामा एक्लै हुन्थेँ। खाडी मुलुक तिर जाँदा निकै डर लाग्थ्यो तर विवाहपछि त्यो समस्या भएन। बाहिर घुम्न निस्कँदा भने साथीहरूले जिस्क्याउँदै हामीलाई मात्र छाडिदिन्थे।
भर्खर भएको बिहे, श्रीमान्को हात समाएर हिँड्न पाउँदा संसार जितेजस्तो लाग्थ्यो। मलाई टाइटानिक पोज एकदमै मन पर्ने। त्यो पोजमा निकै तस्बिर खिचायौं। कार्यक्रमको सिलसिलामा धेरै ठाउँ सँगै गएका छौं। उहाँसँगको हरेक पल मलाई विशेष लाग्छ।
विवाह भएको तीन वर्ष भयो। समय जति बित्दै गयो उति माया बढ्दै गएको छ। हामी अहिले पनि नयाँ जोडीजस्तै छौं। सम्बन्ध ताजा बनाउने विषय आफैंमा निर्भर गर्छ।




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate