
अर्कोतर्फ, कस्तो रोग लागेका व्यक्तिले कस्तो फलफूल खानुपर्छ भन्ने कुराको ज्ञान नहुँदा पनि मानिसहरुले कुनै पनि फलफूल नखाने गरेको पाइएको छ । एक त फलफूल अरु खानेकुराभन्दा अलि महँगो हुने भएका कारण पनि नेपालीहरुले यसलाई नियमित सेवन गर्दैनन् । तर यदि तपाईं फलफूल किनेर खानुहुन्न र पैसा बचाउनुहुन्छ भने रोगको उपचारको लागि डाक्टर र औषधीमाथि तपाईंको थुप्रै रकम खर्च हुनसक्छ । त्यसकारण आफ्नो रोगको अनुसार फलफूलको सेवन गर्नुहोस् र स्वस्थ रहनुहोस् ।
- १. उच्च रक्तचापः अंगुर, टमाटर, तरबुजा, केरा, नास्पाती, बन्दा, कागती, कांक्रो
- २. रगतको कमीः अनार, गोलभेडा, सुन्तला, अंगुर, स्ट्रबेरी, गाजर, अंजीर, आरुबखडा
- ३. उच्च कोलेस्ट्रोलः आँप, ओखर, जामुन, सुन्तला
- ४. मुटुको रोगः केरा, भुइंकटर, तरबुजा, नास्पाती
- ५. कलेजोको विकारः मेवा, कागती, अंगुर, गोलभेडा, काँक्रो
- ६. मधुमेहः गोलभेडा, तरबुजा, नास्पाती, अमिला फलफूल, अम्बा
- ७. खोकीः अंगुर, स्ट्रबेरी, नास्पाती, भुँइकटर, कागती, सुन्तला
- ८. दाँतको रोगः अंगुर, स्ट्रबेरी
- ९. कम्मर दुखाईः तरबुजा, नास्पाती
- १०. मोटोपनाः कागती, सुन्तला, अंगुर, भुँइकटर, मेवा, बन्दा, गोलभेडा
- ११.बुढ्यौलीपन रोक्ने उपायः कालो अंगुर, अमला, अंगुर, गोलभेडा
- १२. दमः सुन्तला, नास्पाती
- १३. अनुहारमा मुसाः आँप, अंगुर, सुन्तला, तरबुजा, स्ट्रबेरी
- १४. जन्डिस: कागती, नास्पाती, अंगुर, काँक्रो, मेवा
- १५. मृगौलाको रोगः कागती, सुन्तला, काँक्रो, आदि ।।