के होला, यदि पुरुषहरु पनि महिनावारी हुन थाले

महिलाहरु महिनावारी हुँदा पुरुषहरुलाई लाग्न सक्छ ‘इट्स ओके’ । तर उनीहरुमध्ये धेरैलाई यो कुरा अन्दाज हुँदैन कि यी दिनहरुमा कतिधेरै समस्या हुने गर्दछ । कहिलेकाँही सोच्नुहोस् कि पुरुषहरु पनि महिनावारी भएको खण्डमा उनीहरुलाई कस्तो लाग्ला, उनीहरुको काम कस्तो हुनेछ र उनीहरुको सोच कस्तो हुनेछ । के महिलाहरुले सहन सक्ने जस्तो पुरुषहरुले पनि यसलाई सहन सक्लान् त ? आउनुहोस्, हामी तपाईंलाई यसको विषयमा बताउँदैछौँः

१. उनीहरु महिलालाई राम्रो तरिकाले बुझ्छन्ः
यदि पुरुषहरु पनि महिनावारी भएको खण्डमा उनीहरुले महिलालाई राम्रोसँग बुझ्नेछन् । उनीहरुलाई पनि थाहा हुनेछ कि कस्तो समस्यामा महिलाहरु निकै सामान्य देखिन्छिन् ।

२. उनीहरु महिनावारीको स्थितिलाई सहन सक्दैनन्ः
महिलाहरु महिनावारी भएको खण्डमा उनीहरु त्यो स्थितिलाई ह्यान्डल गर्न सक्दैनन् । उनीहरु डराउँछन् र उनीहरुलाई यस्तो अवस्थामा निकै धेरै हेरचाहको आवश्यक पर्दछ ।

३. काम नगर्ने बाहाना पाइन्छः
पुरुषहरु महिनावारी भएको खण्डमा उनीहरुलाई कामबाट भाग्ने राम्रो बाहाना हुने गर्दछ ।

४. मुड स्विंग हुने भएका कारण हाल बेहाल हुनेछः
महिलाहरु महिनावारीको दौरान हुने मुड स्विंगलाई निकै सजिलै सहन सक्छन् तर पुरुषहरु यसलाई सहन सक्दैनन् । उनीहरुको अवस्था कस्तो हुनेछ, त्यो कसैले पनि बुझ्दैनन् ।

५. अझ बढि गाली गलौज गर्न थाल्नेछन्ः
यदि पुरुषहरु महिनावारी हुन थाले भने उनीहरु अझ धेरै रिसाउने र गाली गलौज गर्न थाल्छन् किनभने उनीहरु पिडा र दुखाई सहन सक्दैनन् ।

६. उनीहरुलाई अझ धेरै ध्यान र तारिफको आवश्यक हुन्छः
पुरुषहरु महिनावारी भएको खण्डमा उनीहरुले महिलाहरु भन्दा बढि तारिफ र ध्यानको अपेक्षा राख्नेछन् । उनीहरुलाई लाग्छ कि हरेक महिना उनीहरु ब्लिड हुन्छन् भने उनीहरुको केयर त राख्नैपर्छ ।

७. महिलाहरुमाथि बढि लगाव हुनेछः
यदि पुरुषहरु महिनावारी भएको खण्डमा उनीहरुलाई महिलाहरुमाथि धेरै लगाव हुनेछ । उनीहरु महिलामाथि भावनात्मक सम्बन्ध राख्नमा सक्षम हुनेछन् ।

८. धैर्य राख्न सक्दैनन् र रुनेछन्ः
यदि पुरुषहरु महिनावारी हुन थालेमा यति धेरै रगत बगेको देखेर तनावमा रहनेछन्, पिडा सहन सक्दैनन्, पेटमा हुने ऐठनलाई सहन सक्दैनन् ।

९. पुरुष र महिला बराबर हुनेछन्ः
पुरुष र महिलाबिचको अन्तर स्तन र महिनावारीको मात्रको हो । यस्तो भएको खण्डमा सायद यो अन्तर मेटिनेछ । तर यो असम्भव कुरा हो ।

१०. सेक्सलाई भन्नेछन् ‘नो’:
यदि कोही महिला महिनावारीको दिनमा छिन् र पुरुषलाई सहवासको लागि इच्छा भएमा उनीहरु कहिले पनि महिलाको पिडाको मतलब गर्दैनन् । तर यदि पुरुषहरु पनि महिनावारी हुन थाले भने सायद उनीहरुले यो विषयलाई थाहा पाउनेछन् र महिलाको समस्यालाई आफ्नै तरिकाले बुझ्नेछन् । (एजेन्सी) Source: http://www.ratopati.com/

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट