मृत्युमाथि विजय : मरेको भनिएकी वृद्धा११ घण्टापछि जिउँदै फर्किइन्

पोल्यान्डको पूर्वी ओस्ट्रो लुबेलस्की शहरमा एक ९१ वर्षीय वृद्धालाई मृत घोषित गरेको ११ घण्टापछि मुर्दाघरमा जिउँदो भएकी छिन् ।

जेनीना कोलकेविज नामकी ती वृद्धालाई मृत घोषणा गर्ने डाक्टर वाइस्लावा सी उक्त घटनाले आफूलाई निकै अचम्मित बनाएको बताइन् । उनी भन्छिन्, ‘म जब जेनिनाको उपचारको लागि उनको आवासमा गएँ, तब उनी जीवित रहने केहि लक्षण देखेकी थिइन् । मैले उनको नशा, दिलको धड्कन र आँखाको जाँच गरेको थिएँ, तर ती मध्ये कुनैले पनि सकारात्मक सन्देश दिइरहेका थिएनन् । मलाई यदि केहि सन्देह थियो भने मैले एम्बुलेन्स बोलाउन सक्थे तर उनी मरिसकेको कुरामा म विश्वस्त थिएँ ।’

मृत घोषणा गरेपछि जेनिनालाई मुर्दाघरमा राखिएको थियो । उनका परिवारले उनको अन्त्येष्टि दुई दिन पछि गर्ने तय गरेका थिए । आधा रातमा जब त्यहाँका एक कर्मचारी अर्को मुर्दालाई लिएर जेनिनाको मृत शरिरको नजिकै पुगे तब उनलाई छटपटाइरहेको देखे । हतारमा उनलाई त्यहाँबाट निकालिसकेपछि जेनिनाले आफूलाई त्यहाँ चिसो भएको बताउँदै तातो चियाको लागि आग्रह गरिन् । त्यसपछि उनलाई घर लगियो र अहिले उनी पूर्ण रुपमा स्वस्थ छिन् । (एजेन्सी)

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट