काठमाडौं । श्रीमतीको विलासितालाई पुरा गर्न बाध्य भएपछि अबैध कारोबार गर्ने व्यापारीसंग साटगाठ गर्न पुगेका सरकारी कर्मचारी हरिबंश कार्की आफ्नै श्रीमतीका कारण पक्राउ परेका छन् । दैनिक विलासिता बस्तुमा १० हजारभन्दा बढी रुपैयाँ खर्च गर्ने बानी परेको त्रिभुबन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायव सुव्वा कार्कीले श्रीमती लक्ष्मी लम्साल कार्कीको मागलाई पुरा गर्नलाई तस्करसंग रकम लिदै गर्दा रंगे हात अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले पक्राउ गरेपछि सो रह¥य खुलेको उनका छिमेकीले बताएका छन् ।
अख्तियारले शुक्रबार राजधानीबाट कार्यालय समय सकिएर घर जानु पर्ने कार्की र अन्य सहयोगी सहित पक्राउ परेपछि थप रह¥यहरु सार्वजनिक हुदै आएका छन् । नासु हरिवंश कार्कीकी श्रीमती लक्ष्मी लम्साल कार्कीले पोल खोलेपछि घरमा राखिएको ५१ लाख रुपैयाँ नगदसहित भन्सारकै अर्का नासु सुरेश थपलिया पनि पक्राउ परेका छन् । सुन तस्करी काण्डका भारतीय अभियुक्तलाई छुटाईदिने भन्दै ७२ लाख रुपैयाँ सहित ६ जना पक्राउ गरेपछि अन्य दिनमा अरुसंग लिएको रकम सहित थप कर्मचारीहरु पक्राउ पर्नेक्रम जारी रहेको छ ।
अख्तियार टोलीले शुक्रवार साँझ नासु कार्कीसहित दुई भन्सार एजेन्ट र एक सवारीचालकलाई २१ लाख रुपैयाँ घूससहित पक्राउ गरेको थियो । त्यसक्रममा अख्तियारले नियन्त्रणमा कार्कीकी पत्नी लक्ष्मीलाई नियन्त्रणमा लिएको थियो । लक्ष्मी पक्राउ परेपछि उनले बाँकी रकम सुरेश सर (थपलिया) को घरमा छ भनी बयान दिएपछि थप रकम सहित अर्का नासु थपलिया पक्राय परे । सो समुहले एक करोडभन्दा बढी रकमको बार्गेनिङ गरेको अख्तियार स्रोतको दाबी छ ।
सुन तस्करीको आरोपमा पक्राउ परेका एक भारतीय नागरिकलाई छुटाइदिने प्रलोभन सहित उनीहरुले घूस मागेका थिए । शुक्रवार भन्सार एजेन्टद्वय प्रेम अधिकारी र देवराज भट्टराई पक्राउ परेका थिए । घूस लिने क्रममा प्रयोग भएको बा ६ च ७८७४ नम्बरको सरकारी स्कोपिर्यो गाडी र एजेन्टहरुले प्रयोग गरेको बा १० च ४०७५ नम्बरको गाडी टोलीले बरामद थियो । सवारी चालक पुरुषोत्तम थापालाई पनि अख्तियारले हिरासतमा लिएको छ ।
गैर कानूनीरुपमा सुन ओसारपसार गरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक अभिशेक सरकारका आफन्तलाई उनीहरुले रकम दिए छुटाइदिने प्रलोभन दिएको उजुरी परेको थियो । धुम्बाराहीस्थित मुनलाईट पार्टी प्यालेसबाट शुक्रवार साँझ उनीहरु २१ लाख ४० हजार सहित पक्राउ परेका थिए ।-Source: http://www.newsabhiyan.com




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate