जहाँ तीन हजार रूपैयाँमा श्रीमतीको किनबेच हुन्छ


भारतका धेरै त्यस्ता ठाउँहरू छन्, जहाँ श्रीमतीको किनबेच हुन्छ। त्यहाँ श्रीमती किनबेच गरिदिने ‘बिचौलिया’हरू पनि छन्, जो त्यही ‘धन्दा’ गरेरै जीवन निर्वाह गर्छन्।
 
भारतको हरियाणा पनि एउटा त्यस्तै राज्य हो, जहाँ त्यस्ता थुप्रै गाउँहरूमा श्रीमतीको किनबेच हुन्छ।
 
हरियाणाका आस मोहम्मदले भर्खरैमात्र करिब साढे तीन हजारमा श्रीमति किनेका छन्। त्यो पनि बिचौलियामार्फत्।
 
उनले श्रीमतीका लागि तिरेको त्यो रकम एउटा गाईको मूल्यभन्दा पनि कैयौ धेरै कम हो।
 
‘यो कुरा सही हो कि मेरी पत्नीको श्रीमतीको मूल्य ३ हजार रुपैयाँमात्रै हो,या एउटा गाईको मूल्य भन्दा पनि कम हो, तर यो बाध्यता थियो’ उनले अझ भने ‘यदि मैले मेरा बालबालिकाका लागि पनि दुलही पाइनँ भने मैलेजस्तै दोहोर्‍याउनुपर्ने हुन्छ।’
 
मोहम्मदले आठ बच्चाकी आमालाई श्रीमतीको रुपमा तीन हजार रुपैँयामा किनेका हुन्। १२ वर्षकै उमेरमा बिहे गराइएकी यी महिलालाई श्रीमानले घरबाट निकालिदिएका थिए।‘मलाई खुब पिट्थे रक्सी खाएर’ ती महिलाले भनिन् ‘किनकी म जाने अर्काे ठाउँ कतै थिएन।’
 
एक अध्ययनअनुसार अहिले धेरै गाउँहरूमा भ्रुणहत्या गर्नाले महिलाको संख्या निकै कम छ। स्त्री जातिको भ्रुण हत्या गर्ने पुरातन सोंचले त्यस्तो भएको हो। 
 
त्यसैको कारण हो, कतिपय ठाउँमा बिहेका लागि महिलाहरू बेचिन्छन्, अनि अपहरणसमेत हुन्छन्।
 
श्रीमति किनबेचको धन्दा गर्ने एक बिचौलिया भन्छन् ‘म आफैँले पनि बिचौलियासँग आफ्नी पत्नी खरिद गरेको हुँ, पछि मैले परिवार चलाउनका लागि यही पेशा सुरु गरेँ।’
 
उनी आफूले जीवनमा राम्रै काम गरेको दावी गर्छन्। भन्छन् ‘यसबाट पत्नी नपाएर, घर चलाउन नसकेका अनि पति नपाएर एक्लो जीवन बिताइरहेका दुवैलाई फाइदा हुन्छ।' #http://setopati.com/

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट