मोवाइल हरायो ? चिन्ता नलिनुहोस् ! हराएको मोबाईल पनि फेला पार्न सक्ने नयाँ एप्लिकेशन बजारमा

अब हराएका मोबाईल पनि फेला पर्ने भएका छन् | भर्खरै मात्रै हराई सकेका मोबाईल फेला पार्न सक्ने एउटा नयाँ एप्लिकेशन बजारमा आएको छ | ‘जेन्या मोबाईल सेक्युरिटी‘ नामक यस एप्लिकेशनबाट धेरै पहिले हराएका वा भर्खरै हराएका सबै समस्याबाट छुटकारा दिने भएको हो |

यस एप्लिकेशनको प्रयोगबाट यसलाई राख्नु अगावै तपाईको मोबाईल हराएको भए पनि यसलाई फेला पार्न सकिने भएको छ | तर यसको लागि हरएको मोबाईलको १५ डिजिटा को ‘IMEI’ कोड चाहिने हुन्छ । ‘IMEI’ मोबाईलको नम्बर हो जुन कहिल्यै पनि परिवर्तन गर्न मिल्दैन । यो नम्बर मोबाईलमा ‘*#06#’ डाइल गरेर प्रप्त हुन्छ ।

यदी मोबाईल हराई सकेको छ भने ‘IMEI number’ मोबाईल किन्दा प्रप्त भएको बट्टा अथवा वारेन्टी कार्डमा पनि हुन्छ । आफ्नो ‘IMEI’ थाहा छ भने जेन्या प्रलिको वेबसाईट ‘http://mobilesecurity.jeenya.com/report‘ मा गएर सम्पूर्ण जानकारी प्रस्तुत गरेर फारम भर्नु पर्ने हुन्छ । फारम भरी सकेपछी मोबाईल खोजी कार्य सुरु हुन्छ । त्यो मोबाईल सम्बन्धि केहि जानकारी प्रप्त भैसकेपछी जेन्या प्रलिबाट हरएको निबेदन पेश गर्ने ब्यक्तिलाई सम्पर्क गरिने छ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट