“002431330218 मायालु युवतीहरुसँग गफ गर्न चाहनुहुन्छ?”
“आफ्नो प्रेमलाई भेट्न चाहनु हुन्छ ? अहिले फोन गर्नुहोस्”
“साँचो मित्रताले तपाईंलाई पर्खिरहेको छ!”
“आफ्नो बाँकी मनलाई भेट्नुहोस्।”
![]() |
झुटो एस.एम.एस. को नमुना |
सावधान, झुक्किएर पनि ती नम्बरमा फोन नगर्नुहोस्। कसले गरिरहेको छ यस्तो मेसेज? किन आउँदैछ यस्ता मेसेज? कसरी रोक्न सकिन्छ यसलाई? यसबारे नेपाल टेलिकमले यी फेक एसएमएस भएको जानकारी दिएको छ |
नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताहरुमा +2431330761 वा यस्तै नम्बरबाट विभिन्न प्रकारका SMS आएको पाइएको छ। कम्पनीले यो Fake SMS भएको जानकारी दिइसकेको छ।
कम्पनी यस किसिमका Fake SMS नियन्त्रणमा लागेको छ। यदि तपाइँ वा तपाइँको साथीको कुनै नम्बरमा यस्तो SMS आएको छ भने SMS आएको उक्त नम्बर हामीलाई ntc.news@ntc.net.np मा Mail गरी जानकारी दिनुहुन अनुरोध छ। Fake SMS आउने त्यस्ता नम्बरलाई बन्द गर्न सकिने ब्यवस्था गरिएको छ।
साभार स्रोत – माइसंसार