बदलिएको जीवन शैली र कम्प्युटर लगायतका विद्युतीय उपकरणको अत्याधिक प्रयोगले आजकल सबैमा आँखाको समस्या देखिन्छ । कामको ब्यस्तता र खानपानको तवर तरिका नमिलेका कारण पनि आँखाको ज्योति कमजोर हुने समस्या बढ्दै गएको छ । कार्यालयमा कम्प्युटरको अगाडी बसेर काम गर्नेहरुको आँखामा बढी असर पर्छ । यहाँ त्यस्ता ब्यक्तिले आँखा जोगाउन प्रयोग गर्न सक्ने केही विधीबारे चर्चा गरिएको छ ।
किन हुन्छ आँखामा समस्या ?
धुलो र धुवाँ
हाम्रो वातावरण निक्कै प्रदुषित भैसकेको छ । खासगरी काठमाडौं लगायतका शहरी इलाकामा त जताततै धुवाँ र धुलो छ । जता हिँड्दा पनि धुलो र धुँवाबाट बच्न कठिन छ ।
अवेर सम्म जाग्नु
आजकल मानिसहरु पहिले जस्तो समयमै सुत्ने र सवेरै उठ्नेमा विश्वास गर्दैनन् । राति सम्म वत्ति वालेर पढ्ने टिभी हेर्ने वा कम्प्युटर लगायतका विद्युतीय उपकरण चलाउनुले आँखा कमजोर हुँदै जान्छ ।
चर्को घाममा हिँड्नु
चर्को घाममा हिड्दा आँखामा असर पर्छ । यस्तो समयमा चश्मा वा सनग्लास लगाउनु उपयुक्त हुन्छ ।
गलत खानपान
खानपानले पनि आँखाको ज्योतिमा आसर गर्छ । पोष्टिक खानाको कमी भो भने आँखामा धमिलो पन आउने र दृष्टि कमजोर बन्दै जाने खतरा हुन्छ ।
यस्ता समस्याबाट मुक्ति पाउन यस्ता उपाय अपनाउन सकिन्छः
सफा पानीले समय मसयमा आँखा धुनुस्
पानी धेरै समस्याको समाधान हो । समय समयमा सफा पानीले आँखा धुने बानी बसाउनुस् । यसले आँखामा डिहाईड्रेशन हुन दिँदैन र स्वस्थ राख्छ । आँखा धुने बानी नै बसाउनुस् । यसो गर्दा आँखाको तनाव कम हुन्छ । विहान मुख धुँने समय देखि नै पानीले आँखामा विस्तारै छिटा हान्नुस् यसले आँखाको ज्योति बढाउँछ ।
आँखाको आरामका लागि अभ्यास
आँखालाई पनि विश्रामको जरुरत हुन्छ । दुई हत्केला एक आपसमा रगड्नुस् र तातो भएपछि आँखाको बाहिर पट्टी राख्नुस् । यसो गर्दा आँखालाई आराम मिल्छ ।
पुरा निद सुत्नुस्
अनिद्रा वा कम निद्राका कारण पनि आँखामा असर पर्छ । आँखामा असर पर्दा तल पट्टी कालो घेरा समेत बन्न पुग्छ । पुरा निद सुत्नु नै आँखाको उपचार हो । पुरा निद सुत्दा आँखा पोल्ने समस्या हुँदैन भने मधुरो देख्ने समस्याको पनि समाधान हुन्छ ।
बिश्राम लिनुस्
आँखालाई असर पर्ने काम गरिसकेपछि समय समयमा आँखालाई विश्राम दिनु पर्छ । केही समय विश्राम दिने र धुने गर्दा आँखामा पुनर्ताजगी हुन्छ ।
आँखाको नियमित जाँच गराउनुस्
आँखाको समस्या छैन भनेर वेवास्ता नगर्नुस् । नियमित आँखा जाँच गर्ने बानी बसाउनुस् । कमसेकम एक वर्षमा एक पटक आँखा जाँच गराउनु राम्रो हुन्छ ।
टाढा हेर्नुस्
नजिक हेर्दा आँखालाई बढी असर गर्छ । आँखालाई विश्राम दिन एककोहोरो नजिक मात्र नभएर टाढा पनि हेर्ने बानी बसाल्नुस् ।
आँखामा मेकअप नपार्नुस्
महिलाहरुले मेक अप गर्दा आँखामा समेत गर्छन् । त्यसको असर आँखाको ज्योतिमा समेत पर्छ । खराव गुणस्तरको मेकअपले धेरै असर गर्छ ।
सनग्लास लगाउनुस्
आँखा जोगाउन घाममा हिँड्दा सन ग्लास लगाउनु उत्तम उपाय हो । यसले घाममा हुने पराबैजनी किरणबाट आँखालाई जोगाउँछ । तर सन ग्लास भने राम्रो गुणस्तरको हुनु जरुरी छ ।
माछा खानुस्
कमसे कम एक सातामा एक दिन माछा खानुस् । माछामा ड्राई-आई सिंड्रोम हटाउने तत्व अत्याधिक मात्रामा पाहिन्छ । माछामा ओमेगा-3 भन्ने तत्व हुन्छ यसले आँखाको ज्योति बढाउन महत्वपूर्ण भूमिका खेल्छ ।
साग सब्जीको सेवन
आँखा स्वस्थ राख्न हरियो साग सब्जी नियमित सेवन गर्नु पर्छ । साग सब्जीमा भिटामिन बी १२ पाहिन्छ । साग सब्जीमा भएको क्याल्सियमले आँखालाई राम्रो गर्छ । तर साग सब्जीलाई धेरै पकाउनु भने हुँदैन ।
-Source: http://nepaliheadlines.com