अहिले नेपाली टेलिभिजनमा कसैको टिआरपि बढि छ भने त्यो नेपाल टेलिभिजनबाट प्रशारण हुने सिरियल भद्रगोलकै होला । भद्रगोलका सबै चरित्रहरु सम्झन लायक छन् । त्यहि सम्झन लायक चरित्रमध्ये एउटा चरित्र हो ‘जिग्री’ । जिग्री सिरियलको मोर्डर्न हिरो हो । उ हिरोइन पट्याउन अनेक तानाबाना बुन्छ । केहि महिनाअघि सम्म उ तोर्पिनीलाई फसाउने दाउ गर्दै थियो भने अहिले त्यो दाउभित्र परेकी छिन् चिटिक्क परेकी रक्षा श्रेष्ठ । रक्षा सुन्दर छिन् । जिग्रीले मात्र होइन भद्रगोल हेर्ने दर्शकले समेत रक्षालाई मनमा सजाइसकेका छन् त्यो कुरा रक्षा आफैं स्विकार्छिन् । करिब दूई वर्ष अघि सगुन प्लाईउडको फोटो विज्ञापन खेलेपछि उनको रंगयात्रा सुरु भयो । आफ्नै दाइको फेसन सो हेरेकी उनले रंगक्षेत्रमा आकर्षण देखिन् र यतैतिर सपना देख्न थालिन् । त्यो सपनालाई पुरा गर्ने प्रयास गरे उनका श्रीमान्ले । डिसहोम, ग्लोबल आइएमइ बैंक, गुडलाइफ बिस्कुट, त्रिलोक्य चामल लगायत डेढ दर्जन विज्ञापनमा उनले अभिनय गरिसकेकि छिन् । सबैको मुखमा भद्रगोल झुण्डिरहेको बेला एउटा नयाँ पात्रले भद्रगोललाई अझै मिठो बनाएको सन्दर्भमा उनको करियरमा नै पहिलोपटक रक्षासँग जिष्टखबरले अन्तरंग कुराकानि ग¥यो ।
तपाईं भद्रगोलमा हिरोइन हुनुभयो हगि ? यहाँसम्म कसरि आइपुग्नु भयो ?
भद्रगोलमा आउनुभन्दा पहिला करिब डेढ दर्जन जति विज्ञापन खेलेँ हुँला । ¥याम्प मोडलिङका लागि चितवनदेखि सिक्किमसम्म पुगेँ । सिक्किमको मोडलिङका लागि जान एउटा मिटिङका लागि सिटी सेन्टरमा थिएँ । त्यतिखेर शंकर दाई (शंकर आचार्य, भद्रगोलका निर्देशक एवं कलाकार) र सुवास दाई (सुवास कार्की, भद्रगोलका निर्माता एवं कलाकार) आउनुभयो र भद्रगोलका लागि कलाकार चाहिएको भन्नुभयो । हामीलाई भद्रगोल भनेको के हो भन्ने पनि थाहा थिएन । पछि घरसल्लाह गरेपछि खेल्न राजि भएँ । यसका लागि राज राथोडको ठूलो सहयोग छ ।
घरसल्लाह भन्नाले कोसँग ?
मेरो श्रीमान् । धेरैले भद्रगोल हेरेर तपाईंलाई मनमा सजाए होलान् ।
तपाईं भने विवाहित भन्नुहुन्छ त ?
हो म विवाहित हो । छ वर्षअघि नै मैले मेरो श्रीमान्सँग भागेर विहे गरेकी हुँ । भद्रगोलबाट चिनेर फेसबुकमा धेरैले ‘आइलभयु’ भन्नुहुन्छ ।
फेसबुकमै त्यस्तो आएपछि श्रीमान्ले केहि भन्नुहुन्न ?
श्रीमान्सँगै मेरो फेसबुकको पासवर्ड छ । तिमी सेलिब्रटी भएपछि त्यस्तै हो भन्नुहुन्छ । फेरि फेसबुकमै बिहे गरेको फेटाहरु राखेको छु ।
भागेर नै चाहिँ किन बिहे गर्नुभएको ?
उहाँ युएनमा काम गर्नुहुन्थ्यो र अहिलेपनि गर्नुहुन्छ । त्यतिबेला उहाँ एउटा प्रोजेक्टको कामले हाम्रो गाउँ जानुभएको थियो । अनि भेट भएर अफेयर चल्यो । करिब एक वर्ष अफेयर चल्दै गर्दा मैले प्लसटु सकेपछि घरबाट बिहे गरिदिने कुरा चल्यो । त्यतिबेला म जम्मा १८ वर्षकी थिएँ । म नेवारको छोरी र उहाँ गुरुङ भएकाले भागेर विहे ग¥यौं । तपाईंलाई हेर्दा त बिहे गरेको जस्तो लाग्दैन ।
बाहिरतिर हिँड्ने मान्छे कसैले लभको प्रपोज राख्दैनन् ?
मैले कुर्तासुरुवाल लगाउने भनेको भद्रगोलमा मात्र हो । यो मोर्डर्न ड्रेसमा हिँड्ने भएकोले बिहे गरेजस्तो लाग्दैन । कसैले त्यस्तो कुरा गर्न खोजेको बुझेँ भने म बिवाहित हुँ भन्दिन्छु ।
भर्खरकी देखिनुहुन्छ, काँचो उमेरमै गरेको प्रेमविवाह पछिको जीवन कस्तो लाग्दैछ ?
म सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मेहुर्केकी हुँ । उहाँसँग प्रेम हुनु अघि पनि अफेयर नचलेको होइन । म उहाँसँग प्रेम गर्दा पनि लभ भनेको लभ हुने छुट्ने त हो नि भन्ने सोच्थेँ तर उहाँले मप्रति जीवन बिताउने सोच्नुभएको रहेछ । म विहेअघि प्रेमलाई जसरि लिन्थेँ अहिले विल्कुलै फरक छ । अर्थात् मलाई विहेअघि भन्दा धेरै माया लाग्छ र उहाँले पनि धेरै माया गर्नुहुन्छ । त्यो त तपाईंलाई कलाकारितामा तपाईंको श्रीमान्ले दिनुभएको साथले जनाउँछ नै । अर्थात् धेरै पुरुषहरु आफ्नी श्रीमती रंग क्षेत्रमा भएको चाहँदैनन् त्यसमा तपाईंको श्रीमान् फरक देखिनुभयो ।
तर यसो भन्दैमा तपाईंको हरेक क्रियाकलापलाई बिना प्रतिक्रिया स्विकार्नुभएको त छैन होला ?
श्रीमान् श्रीमती भएपछि ठाकठुक नहुने त होइन । म जस्तो स्थानमा छु त्यो उहाँकै सहयोगले गर्दा भएको हो । म जे गर्दैछु त्यो उहाँसँग सेयर गर्छु । कहिलेकाहिँ सुटिङबाट घर जाँदा ढिला हुँदा रिसाएको भन्ने थाहा पाउँछु । त्यसपछि उहाँ केके भन्नुहुन्छ र पछि सरि भन्नुहुन्छ ।
अस्तिभर्खरै जिग्रीसँग अँगालोमा बाँधिनुभयो । त्यो देखेर श्रीमान्ले के भन्नु भयो ?
मैले अहिलेसम्म गरेका विज्ञापनमा प्रायमा कसैको जोडी भएर खेलेको छु । म सुटिङमा कस्तो गरेँ भन्ने कुरा सबै श्रीमानलाई बताउँछु र सरि भन्छु । उहाँ कलाकार भएपछि ‘त्यति गर्दा के भयो र ?’ भन्नुहुन्छ । फेरि उहाँ पनि पहिला मोडलिङ गरेकै मान्छे भएकाले सहज हुन्छ । तर कहिलेकाहिँ सँगै बसेर हेर्दै गर्दा त्यस्तो सिन आयो भने उहाँको अनुहार बिग्रेको भने चाल पाउँछु । विहे गरेको छ वर्ष हुँदै गर्दा तपार्ईं आफ्नो करियर बनाउँदै हुनुहुन्छ । बिहे गरिसकेकालाई यो क्षेत्रमा टिक्न सहज हुँदैन भनिन्छ, तपाईं यो कुरालाई कसरि लिनुहुन्छ ? म यो क्षेत्रको बारेमा अनभिज्ञ छु । मैले पनि बाहिर जे सुनिन्छ त्यति मात्र सुनेको छु । बिहे गरेकोले चान्स पाउने कम र टिक्नका लागि कम्प्रमाइज गर्नुपर्ने कुरा सुनिन्छ । मेरो केसमा भने यो कुरा लागेको छैन । मैले काम पाइरहेको छु ।
तपाईंको सुन्दरतालाई पछ्याएर कुनै चलचित्रका लागि प्रस्ताव आएको छैन ? अनि तपाईंका योे क्षेत्रमा कस्तो खालको सपना हो ?
सपनाको कुरा गर्ने हो भने म राम्रो नायिका हुन चाहन्छु । नाईं नभन्नु ल ३ का लागि प्रस्ताव त आएको थियो तर उहाँहरुलाई फ्रेस फेस चाहिएकाले म सेलेक्ट भइन । महिलाहरु सन्तान जन्माउन लालायित हुन्छन् भनिन्छ । विहे गरेको ६ वर्षमा तपाईं योे क्षेत्रमा नयाँ र संघर्षरत हुनुहन्छ ।
सन्तानको चाहना तपाईंमा पनि नहोला भन्न त सकिन्न ! करियरमा असर गर्छ भन्ने लाग्दैन ?
मलाई सन्तान जन्माउने इच्छा छैन । मलाई बच्चा जन्माएर हुर्काउने कुरामा साह्रै झण्झट लाग्छ । तर श्रीमान् भने बच्चा जन्माउने इच्छा राख्नुहुन्छ । कहिलेकाहिँ हाम्रो यहि कुरामा ठाकठुक पर्छ । कहिलेकाहिँ यो पनि लाग्छ कि विहे हुने वित्तिकै हाम्रो सन्तान भएको भए अहिले सजिलो हुन्थ्यो ।
चिटिक्क परेर हिँड्नुहुन्छ । स्कुटरलाई इन्धन अनि तपाईंको खर्च कसरि धान्नुहुन्छ ?
पहिला म कन्सल्टेन्सिमा काम गर्थें । अहिले यता यो क्षेत्रमा भएपछि पनि मलाई आफ्नो खर्च गर्न पुगेको छ ।
कमाई कति खर्च कति र केमा हुन्छ ?
घरमा खाना खान त्यति मन पराउँदिन । बाहिरै खान्छु । सपिङ गर्न साह्रै मन पराउने भएकोले म प्राय सुज, स्यान्डल, बुट, पाइन्ट, टिसर्ट, ज्याकेटमा खर्च गर्छु । आम्दानि र खर्च त यकिन छैन । जेहोस् एउटा विज्ञापनबाट पन्ध्र हजारसम्म लिन्छु ।