मङ्गलबार १८ कार्तिक, २०७१
एजेन्सी
हरियाणा (भारत)–भारतको मध्य प्रदेशमा एक मदरसाका मौलनाले महिलालाई बलात्कार गरी त्यसको भिडियो बनाउने गरेको पुष्टि भएको छ। उनले पछि त्यही भिडियो सार्वजनिक गर्ने धम्की दिँदै बारम्बार महिलासँग जबरजस्ती यौन सम्पर्क गर्दै आएको खुलेको हो। डही मदरसाका मौलना नोमानले आमालाई बेहोस बनाएर छोरीलाई बलात्कार गरेको समेत प्रहरी अनुसन्धानले देखाएको छ।
पीडित महिलाले मौलनाको घृणित कार्य बारे आफ्ना पतिलाई बताएपछि स्थिति अझ भयावह बनेको थियो। पत्नीलाई सहयोग गर्ने भन्दै उनले मौलनालाई फेरि दुष्कर्म गर्न स्वीकृति दिएको प्रहरीले जनाएको छ। मौलानाको कुकर्मको हद त्यतिखेर नाघ्यो जब उनले पतिकै सामने ती महिलामाथि दुष्कर्म गरे।
महिलाले माइती गएर सबै घटना विवरण सुनाएपछि प्रहरीले मौलाना नोमानलाई पक्राउ गरेको छ। एसपी बिएस चौहानका अनुसार मौलानाले गत अगस्टदेखि ती महिलाको यौन शोषण गर्दै आएका थिए। महिलाले माइतीमा गएर सबै कुरा बताएपछि माइती पक्षबाट प्रहरीमा उजुरी परेको थियो। यौन शोषणका लागि मौलाना समक्ष पठाउने पतिको प्रहरीले खोजी गरिरहेको छ। उनी फरार भएका छन्।- Source: http://nagariknews.com
भिडियो हेर्नका लागि तलको विज्ञापनमा थिच्नुहोला




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate