भुबन के.सी. कतार । 
कतारमा रहेका अर्घाखाँचीबाँसीहरुले यहि नोभेम्वर २८ मा भव्य कार्यक्रमको आयोजना गरेका छन्, कतारको शालिमार प्यालेसमा अर्घाखाँची सेवा समाज कतारद्धारा आयोजना हुने उक्त विविध सास्कृतिक कार्यक्रम तथा मिलन समारोहको तयारी तिव्ररुपमा भइरहेको उक्त समाजका अध्यक्ष युवराज पाण्डेले जानकारी दिनुभयो ।
अध्यक्षका अनुसार कतारमा रहेका संघसस्थाहरु, विसिष्ट व्यक्तित्वहरु, सामाजिक अगुवाहरु, व्यावसायीहरु, सांगितिक क्षेत्रका नृत्य, गायन, हास्य विधाका कलाकर्मीहरु लगायतको जमघट हुने उक्त कार्यक्रममा कतारबाँसी नेपालीहरुको उल्लेख्य उपस्थिति रहने बताइएको छ ।
विगतमा सस्थाले गरेका सोहि अनुरुपका कार्यक्रमहरु सफलतापूर्वक भव्यरुपमा सम्पन्न गराएको स्मरण गर्दे यो कार्यक्रमलाई पनि पूर्णरुपमा सफल गराउन आफुहरु लागेको सो कार्यक्रमका संयोजक केशव भुसालले बताउनुभयो । मौलिक पन्चेबाँजाको प्रस्तुतिले उदघाटन गरिने सो कार्यक्रमलाई थप रोमाञ्चक बनाउनका लागी पन्चेबाजाका विभिन्न प्रस्तुतिहरु पनि रहने छन, कतारमा यसरी पन्चेबाँजा सहित कार्यक्रम गर्दा नेपाल कै अनुभूति हुने र आफनो कला सस्कृतिको पनि जर्गेना गर्न पाउदा  पन्चेबाजा समुहका अगुवा कृष्ण परियारले खुशि व्यक्त गर्नुहुन्छ ।
गतवर्ष कतारमा सम्पन्न बृहद नेपाली सांगितिक मेलाको उपाधि एनआरएन नेपाली ताराका विजेताहरु क्रमशः गायक विरेन्द्र श्रेष्ष्ठ, लोक गायिका इन्दिरा शाह, बामदेब भाट एवं गायक रचनाकार मोहन शाह, लोकगायक डोलराज परियार लगायत एकदर्जन कलाकारहरु तथा विभिन्न देशमा सफल कन्र्सट गरिसक्नुभएका लोकगायक विवि मल्लयसपाली अर्घाखाँची सेवा समाजको कार्यक्रमको स्टेज तताउन कुवेतबाट कतार आउनुहुने भएको छ ।
स्मरणहोस् गतवर्ष तमु सेवा समाज कतारले राखेको सांगितिक मेलामा एनआरएन तारा विजेता विरेन्द्र श्रेष्ठको विषेश प्रस्तुतिका साथै विभिन्न स्टेज र एल्वम निकाली सक्नुभएका दुवै लोक कलाकारको लोक दोहोरी तर्फ अत्यन्तै रोचक र घम्साघम्सी परेको इन्दिरा शाह र बामदेश भाटको जोडिको प्रतिस्पर्धात्मक लोकदोहोरी गित पनि राखिएका हुँदा थप रमाइलो हुने आयोजकहरुको भनाईछ । त्यसै गरि विभिन्न स्टेजहरुमा आफनो प्रतिभा देखाएर दर्शकहरुलाई मन्त्रमुग्ध पार्न सक्ने गायक एव रचनाकार मोहन साह, नृत्य तर्फ ओवि रायमाझी, विक्रम बुढाथोकिको प्रस्तुति रहनेछ ।
हास्य विधामा धुर्मुस, माग्ने बुढा र मोदीको भूमिकामा गोविन शर्मा एवं सुरज विसि लगायतले पेट मिचि मिची हसाउने योजना रहेको छ ।कार्यक्रम विहान करिव ११ बजे शुरु हुने भएको हुदाँ अतिथिहरु ल्गायत सवैलाई उक्त समयमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको र प्रवेश निशुल्क रहेको उक्त कार्यक्रम स्थल दोहाको एअरपोर्ट रोड नन्जमा सिग्नल नजिक पर्ने शालिमार प्यालेशमा रहेको कार्यक्रम संयोजकले जानकारी दिनुभएको छ ।




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate