काठमाडौं, मंसिर १५ – पछिल्लो समय बैङक ऋणका कारण तनावमा रहेकी नायिका केकी अधिकारी बिदेशमा रहेका नेपालीहरुबाट ठगीएकी छिन् । उनले बिदेशमा रहेको नेपालीले आफुलाई ठगेको भन्दै रोएको भिडियो सार्वजनिक भएको छ । तर उक्त भिडियो वास्तविकता नभई रिलिजको लागी तयार फिल्म ‘माई प्रमिस’को नयाँ ट्रेलर हो ।
हालै सार्वजनिक ट्रेलरमा नायिका केकीसँगै फिल्मका अन्य थुप्रै कलाकारहरु फिचरिङ छन । सिंगापुरका रमणीय दृश्यहरुका साथै भरपुर एक्सन र मनोरञ्जन ट्रेलरमा छ ।
फिल्म माई प्रमिसलाई अब्बल निर्देशक सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । टीआरएनजी प्रोडक्सनको ब्यानरमा बनेको फिल्मका निर्माता टंक लिम्बु हुन् ।
Source: www.ratopati.com