फोन, फेसवुक र वैदेशिक रोजगारः ‘दाम्पत्य जीवन बेकार’

प्रेम सुनार
गुल्मी, पुस ५ – गुल्मी नयाँगाउका विष्णु जिसीले विवाह गरेको एक हप्ता नपुगेकी अर्काकी नव दुलहीलाई भगाएर हिंडे । मंसिर १८ गते छिमेकी जिल्ला अर्घाखाँचीको मरेङ्गमा विवाह भएकी १६ वर्षिया कामना (नाम परिवर्तन) लाई मंसिर २५ गते भगाएर वुटवल पुराए । उता नव दुलाहका परिवारजनले उजुरी दिए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीमा झिकाईयो । दुवै पक्षले वाहिरै छलफल गरेर जोसंग भागेकी थिईन् उनैको जिम्मा लगाए । उता एक हप्ते दुलाह छुट्टिए ।
दर्लामचौरका एक पुरुष वैदेशिक रोजगारमा थिए । उनकी ४० वर्ष उमेरकी विवाहित स्थानीय १८ वर्षका युवासंग तीन सन्तानको विचल्ली पारेर भागिन् । दर्लामचौरकै वैदेशिक रोजगारमा गएका अर्का पुरुषकी त्यतिनै उमेरकी श्रीमतिलाई १७ वर्षिय आफ्नै भतिजाले भगाएर तम्घासको होटलमा राखेको खुलासा भयो ।
भारतको रोजगारमा रहेका वडागाउँ–३ दजाकोटका मिनबहादुर सर्तुङ्गे यति दुई वर्षदेखि पाकिस्तानको जेलमा छन् । भारतको मालिकले माछा पार्ने काममा लगायो । माछा मार्ने क्रममा सामुद्री सीमनाको पाकिस्तानी प्रहरीले पक्राउ गरेर जेल हाल्यो । त्यस्तो अवस्थामा भाईको उद्धारमा जुट्नु पर्ने दाजु ओमबहादुरले उनकी श्रीमती अर्थात भाई वुहारी भगाएर हिँडे ।
तीन–चार वर्षका छोराहरुलाई विचल्ली पारेर हिँडेकी उनकी श्रीमती विष्णु र दाजु अहिले वाग्लुङ्गको खालामा गएर वसेको छिमेकी अनिल सर्तुङ्गे बताउँछन् छन् । अहिले यता ७० को नेटो काटेका हजुर वुवा मात्रै घरमा छन् । सम्पत्ति केही छैन । ती वृद्धले काम गरेर पनि ति दुई नावालक नातीहरुको पालन पोषण र पठन पाठन गराउन सक्ने अवस्था छैन् ।
छिमेकी सर्तुङ्गे भन्छन् – ‘साह्रै विचल्ली छ , वेलामा खान पनि पाउँदैनन् । ‘फोन फेशवुकले निकै विकृति ल्याएको छ ’–सर्तुङ्गेले थपे हाड नातमै यस्तो नजाय सम्वन्ध अन्यत्र पनि बढेको सुन्दा माया सम्वन्ध र दाम्पत्य जिवन पनि बेकार जस्तो लाग्न थालेको छ । ’
मरभुङ्गका वसन्त पौड्याल कतारमा रोजगारी गर्दा कपलिवस्तुकी गिता पराजुलीसंग फेशवुकमा माया प्रगाढ बनाएर फेशवुकमै विवाहको टुङ्गो लगाए । त्यहाँबाट फर्केका पौड्ल र पराजुलीको वुटवलमा भेट भयो र शिद्धवावको मन्दिरमा विवाह गरी घर आए । घर आउँदा उनको श्रीमती र सन्तान समेत देखे पछि पराजुली छाँगाबाट खसे जस्तो भईन् । अविवाहित हुँ भनेर फेशवुकमा ढाँटेका पौड्यालले जेठी श्रीमतिबाट वहु विवाहको मुद्दा खेप्नु प¥यो ।
जिल्ला अदालत गुल्मीका अनुसार ति दुवैलाई अहिले पुर्पक्षका लागि २५ हजार धरौटी लिएर छाडिएको छ । विकट गाविस दर्लिङ्गको दुनाम गाउँमा पनि त्यस्तै भयो । विश्वकर्मा थरका विसा–वाईसे उमेरका युवाले विदेशमा छँदा नवलपसीकी महिला संग फोनै फोनमा प्रेम सम्वन्ध राखे । उनि घर फर्किए पछि प्रेमीकालाई वोलाए । उनी नवलपसाीबाट घर जाम गर्न भन्दै चाउरी परेको गालामा क्रिम पाउडर घसेर दर्लिङ्ग आईन् ।
दुनाम नपुग्दै दर्लिङ्गको विद्यालय नजिकै तालिम गर्दै गरेकी वहिनीलाई विश्वकर्माले भने–‘ कस्ती रै’छ, हेर्न वहिनी ।’ वहिनीले नजिक पुगेर हेरिन् । मुखमा माक्स लगाएकी । झण्डै चालिसको नेटो काटेकी । पछि वुझ्दै जाँदा श्रीमान विदेश, प्रेमीकै उमेरको उनको छोरा पनि विदेश भएको कुरा खुलसा भयो । त्यस पछि विश्वकर्मा पनि छाँगाबाट खसे जस्तै भए । अन्ततः प्रेमीकालाई दुनामबाट लिन आउनु पर्ने प्रेमीले फोनमा झपार्दै भने–‘ खुरुक्क लागेर फर्किन्छेस् की त्यही आएर लखटौं ? ’ त्यस पछि डरले ति महिला त्यहीबाट कुलेलाम टोकिन् ।
यस्तो हाँसो उठ्दो र लाजमर्दो प्रेम सम्वन्धका कारण कतै सम्वन्ध हुने त कतै विच्छेद हुने क्रम बढि रहेको बेला हामी जिल्ला अदालतमा गत चालु वर्षमा भएको सम्वन्ध विच्छेदका मुद्धा विवरण लिन पुगेका थियौं । त्यस अदालतका श्रेस्तेदार श्याम मौर्यले दिएको जानकारी अनसुसार यस वर्षको ६ महिनाकै अन्तरारलमा अघिल्लो वर्षको सम्वन्ध विच्छेदको मुुद्धाको संख्यालाई उछिनेको् छ ।
श्रावण मशान्त देखि अहिले सम्म ३६ वटा सम्वन्ध विच्छेदका मुुद्धा परेका छन् । जवकी आर्थिक वर्ष २०६९÷०७० भर कुल मुद्धाको २५ प्रतिशत सम्वन्ध विच्छेदको मुद्धा परेको थियो भने यो वर्ष ६ महिनाकै अन्तरालमा ३० प्रतिशत सम्वन्ध विच्छेद्का मुदा परेको श्रेस्तेदार मौर्यले बताए । मोवाईल फोन , फेशवुकबाट देख्दै नदेखी र वुझ्दै नवुझी लगाईएको माया प्रेम, वैदेशिक रोजगार सम्वन्ध विच्छेदको प्रमुख कारण हुन सक्ने अदालतका कार्मचारी  बताउँछन् ।
जिल्ला प्रहरी कार्यालयमा परेका ५४ वटा घरेलु हिंसाका उजुरी मध्ये बढी मात्रमा बैेदेशिक रोजगारबाट श्रीमान फर्किदा पिडित बनेकी श्रीमति वा श्रीमान देखिएका छन् । त्यस कार्यालयकी महिला तथा वालवालिका सेलकी प्रहरी जवान ईन्द्रकुमारी जैसीका अनुसार ४ जना पत्नी बनाएका पुरुषले श्रीमतीबाट न्याय दिलाई पाउँ भनि उजुरी दिएका छन् । त्यसो त पाका पुरुषहरुबाट पिडित हुने महिलाको संख्या पनि बढि देखिएको छ । श्रीमतिको उमेर ढल्किए लगत्तै कलिला युवतीहरु माथी नजर डुलाउँदै जाने र विवाह गरे भगाउने प्रवृद्धिका कारण महिलाहरु पिडित बनेको पाइएको छ ।
बिशेषतः चिन्दै नचिनी फेसवुक र मोवाईल फोनको झुटो परिचयबाट धेरै पुरुष र महिलाहरुले धोका खाँदै आएका छन् । यस प्रति सजग नहुने हो भने सम्वन्ध विच्छेदको सख्या बढ्ने मात्र होईन् समाजमा थप विकृति समेत बढ्ने देखिएको छ ।
- साभार श्रोत: http://www.ratopati.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट