राम्रो पढ्छु भनि म त शहरतिर पसेँ
यस्तै त्यस्तै संगतले कुलतमा फसेँ
किताव फर्काएर पढ्नतिर लाइएन
बिग्रेको चाल पाइएन 
उच्च शिक्षाका लागि गाउँबाट काठमाडौं र शहरहरुमा छिर्ने युवायुवतीहरु चालै नपाई बिग्रने गरेको यथार्थ चित्रण गर्दै तयार गरिएको सन्देशमुलक गीत हो यो ।
विपिन शर्मा लामिछानेको शब्दमा सेमन्तमणि खरालको लय र विपिन शर्मा लामिछाने र पूर्णकला विसीको स्वरमा बजारमा आएको यो गीतले पढ्नका लागि शहर पसेका युवायुवती कसरी गलत बाटोमा लागिरहेका छन् भन्ने कुरालाई देखाइएको छ ।
पढ्नका लागि शहर पसेका धेरै युवाहरु कुलतमा फसेको र युवतीहरु आफ्नो क्षमता भन्दा धेरै खर्च गर्न पुग्दा विभिन्न खालमा समस्यामा पर्ने गरेको कुरालाई चित्रण गरिएको छ । 
सिनेमा हल छानी छानी सबै फिलिम हेरेँ 
कोठा भाडा तिर्ने पैसा दिनहुँ पहिरन फेरेँ 
जस्तो फेसन चल्छ त्यस्तै कपडा किनियो 
मै हुँ भन्दै हिडिँयो 
नेपालको पाल्पा, गुल्मी क्षेत्रमा प्रख्यात रोइला अर्थात ख्याली शैलीमा रहेको यो सन्देश मुलक गीतलाई एमएस मिडियाले बजारमा ल्याएको हो । संगीतकार खरालले धेरै युवा गलत बाटोमा लाग्नुमा खराब संगत नै मुख्य कारण रहेकोले गीतले त्यसप्रति अविभावकलाई पनि सचेत हुन आग्रह गरेको बताए । गीतको भिडियोको शिव विकले निर्देशन गरेका हुन् । 
- Source: http://www.chakrapath.com




 

 Rupee Exchange Rate
   Rupee Exchange Rate