जनावरहरुलाई ठिक र बेठिक बिचको भिन्नता थाहा छैन । उनीहरु आफ्नो स्वभाव अनुसार व्यवहार गर्दछन् । कुकुरहरु निकै स्नेही स्वभावका हुने भएका कारण उनीहरु आफ्नो मालिकलाई निकै माया गर्ने गर्दछन् भने कहिलेकाँही घरमा आएका पाहुनाहरुको सातो लिन पनि पछि पर्दैनन् । यस्तैमा थुप्रै जनावरहरु निकै आक्रामक हुने गर्दछन् । हुन त कुनै पनि जनावरले आफूलाई खतरा भएको भान नभएसम्म कसैलाई पनि आक्रमण गर्दैनन् तर कतिपय अवस्थामा मानिसहरुले केहि नगर्दासमेत आफूलाई खतरा हुने ठान्दै उनीहरुलाई आक्रमण गर्ने गर्दछन् ।
यस्तैमा तल दिइएको यो भिडियोमा एउटा भेडाले आफ्नै सुरमा आइरहेको मानिसलाई आक्रमण गरेको छ । उक्त भेडाले बाइकमा सवार ती व्यक्तिको बाइक मात्र बिगारिदिएन, उनलाई समेत नराम्रो सँग आक्रमण गरेको छ । ती व्यक्तिले निकै आक्रामक भेडासँग प्रतिकारसमेत गरेका छन् ।
हेरौँ भिडियो ।
-Source: www.ratopati.com