यदि तपाईं एउटी सुन्दर र सफल मोडल बन्न चाहनुहुन्छ भने यो कुरामा तपाईंलाई एउटा एपले मद्दत गर्नसक्छ । अमेरिकी अभिनेत्री र मोडल लिन्डसे लोहानद्वारा लञ्च गरिएको यो एपको नाम ‘लिन्डसे लोहान, दी प्राइस अफ फेम’ राखिएको छ ।
यद्यपी यसमा सबैभन्दा चकित कुरा के छ भने यसले तपाईंलाई सुपर मोडल बन्न केहि कुरा सिकाउँदैन किनभने यो एक प्रकारको गेम हो । लिन्डसेद्वारा निर्मित यो गेममा विभिन्न पदक दिइएको छ जसलाई पार गर्दै तपाईं एक सुपर मोडल बन्न सक्नुहुन्छ । यहि कुरा नै यो एपको विशेषता हो । गेम खेलेर नै तपाईं एक विश्वप्रसिद्ध मोडलजस्तै सुन्दर र सफल बन्न सक्नुहुन्छ ।
लिन्डसेले यो गेमको घोषणा आफ्नो अनलाइन ब्लग र ट्विटर अकाउन्टद्वारा गरेकी छिन् । यो एप एन्ड्रोइड र आइओएस डिभाइसेजका लागि उपलब्ध गराइएको छ । यसलाई तपाईं एप स्टोर र गुगल प्लेबाट डाउनलोड गर्न सक्नुहुन्छ । (एजेन्सी)