अचानक बेस्सरी पेट दुख्नु र दुखाई शुरुमा नाइटोका वरिपरि
अनि विस्तारै दायाँतिर पेटको तलतिर सर्दै जानु सामान्य दुखाई मात्र नभएर एपेन्डिसाइटिस
पनि हुनसक्छ । एपेन्डिसाइटिस ठूलो आन्द्रासँग सम्बन्धित रोग हो । ठूलो आन्द्राको
छेउमा भर्मिफम एपेन्डिक्स रहेको हुन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न
मद्दत गर्छ । तर, निस्कासन
गरिनुपर्ने विषाक्त पदार्थ लामो समयसम्म ठूलो आन्द्रामा रहेमा यसले रोग उत्पादन गर्छ
।
- – लामो समयसम्म कब्जियतको समस्या हुनु (chronic constipation)
- – पच्न गाह्रो हुने तारेको, भुटेको र मसालेदार खाना खानु ।
- – अत्यधिक मासु खानु ।
- – अस्वस्थकर खानपान र अव्यवस्थित जीवनशैली ।
- – शारीरिक व्यायाम कम हुनु ।
- – शुरुमा नाइटोका वरिपरि दुख्दछ र विस्तारै उक्त पीडा दायाँतिर पेटको तलतिर बढ्दै जान्छ ।
- – अपच हुनु (Indigestion)
- – वाकवाक लाग्नु र वान्ता हुनु (nausea & vomiting)
- – ज्वरो आउनु (fever)
- – पेटको दाया भागको मांसपेशी कडा भएको महसुस हुनु
- – बायाँतिर चलाउँदा समेत दायाँतिर दुख्नु (rovsin’s sign positive)
- – बिरामीको पेट छामेर छोड्दा विरामीले पीडाको महसुस अलि बढी गर्दछ ।
- – पखाला वा कब्जियत हुनु ।
- – एपेन्डिसाइटिस भएका विरामीलाई ४८ घण्टाभित्र नै शल्यक्रिया गरी एपेन्डिक्सलाई काटेर फाल्नु नै यसको प्रमुख उपचार हो । तसर्थ यस्ता प्रकारका विरामीको शंका लाग्नासाथ जतिसक्दो छिटो शल्यक्रियाको निमित अस्पतालमा लैजानु पर्छ ।
- – तुरुन्तै अप्रेसन गर्नुपर्ने बाहेक अन्य अवस्थामा खानपान, आराम व्यायाम, योग, ध्यान आदिको माध्यमबाट यसको उपचार गर्न सकिन्छ ।
- – दुखाईको अवस्थामा भोजन नगरी पानी, फलफूलको जुस र फलफूल मात्र सेवन गर्नुपर्दछ ।
- – कब्जियत यो रोगको मुख्य कारण भएको हुँदा यसको उपचार वा कब्जियत हुनै नदिने उपाय अपनाउनुपर्छ ।
- – दैनिक भोजनमा प्रशस्त पलफूल र तरकारी समावेश गरिएको सन्तुलित भोजन गर्नुपर्दछ ।
- – प्रशस्त पानी पिउनुपर्दछ ।