एप्पलले ल्याउँदैछ अचम्मको आइफोन, प्रविधि थाहा पाउँदा चकित हुनेछ संसार

संसारमा सबैभन्दा चर्चित स्मार्टफोनको उत्पादन गर्ने कम्पनी एप्पलले एउटा यस्तो आइफोनको विकास गर्दै छ जसले कुनै पनि वस्तुको थ्रीडि म्याप तयार गर्न सक्षम हुनेछ । कम्पनीले यो फोनमा यस्तो प्रविधि भित्र्याउँदैछ जुन निकै अचम्मको हुने बताइएको छ ।
एप्पलद्वारा जारी गरिएको युएस पेटेन्ट एप्लीकेसनद्वारा यो कुरा सार्वजनिक भएको हो । कम्पनीले ‘लेजर बिम’ को प्रविधिमा रजिष्टर गरेको छ । यो प्रविधि नयाँ आउने आइफोन, आइप्याड र आइवाचमा समावेश गरिने बताइएको छ ।
यो प्रविधिले आइफोन, आइप्याड र आइवाचद्वारा कुनै पनि वस्तुको थ्रीडि म्याप तयार गरेर देखाउने गर्दछ । यसका साथसाथै कुन कुरा कतिको दुरीमा रहेको छ भन्ने कुरा लेजर बिम प्रविधिद्वारा नापिने गरिन्छ ।
iphone3लेजर बिमको प्रविधि आइफोनमा चर्चित फिल्मी जासुस जेम्स बन्डको उपकरणले जस्तै काम गर्ने बताइएको छ । आइफोनबाट आउने लेजर बिमको प्रकाश जब कुनै वस्तुमाथि वा वस्तुभित्र पर्दछ तब यसको प्रकाशको मद्दतले नै उक्त वस्तुको आकार नाप्ने गर्दछ । यसका साथसाथै आइफोनमा एक विशेष एप दिइएको छ जसले यो नापलाई थ्रीडि म्याप तयार गरेर आइफोनको डिस्प्लेमा देखाउनेछ ।
कुनै पनि वस्तु लेजर प्रविधिको मद्दतले थ्रीडि म्याप बनेर आइफोनमा आउने प्रविधिले सबैलाई चकित बनाउन सक्षम हुने कम्पनीले दाबी गरेको छ । (एजेन्सी)

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट