आजको राशिफल वि.सं. २०७१ पौष १५ गते मङ्गलबार


तपाईंको खराब र दिक्क लाग्दो समय अझ बढ्ने सम्भावना देखिन्छ । हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित भए पनि आज साँझ पारिवारिक तनाव र किचलोको सामना गर्नु पर्ने हुन्छ । अनावश्यक खर्च बढ्न सक्छ । अध्ययन—अध्यापनको क्षेत्रमा खासै प्रगति हुँदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
मिश्रित प्रभाव प्राप्त हुने भए पनि आजको दिन सकारात्मक छैन । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
आज चिताउँदै नचिताएको कुनै एउटा महत्वपूर्ण कार्य सिद्धि हुने छ । आज विपरीतलिङ्गीसँग विनम्र भावले व्यवहार गर्दा धेरै फाइदा हुने योग छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । कुनै रोकिएको काममा ध्यान दिनु भएमा सफल हुनेछ । साथीभाइसित भेटघाट हुने योगसमेत छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आज तपाईंको आत्मविश्वासमा अभिबृद्धि हुनेछ । दाजुभाइ र दिदीबहिनीमा पनि खुसीको वातावरण बन्नेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्ध अत्यन्त राम्रो हुनेछ । तपाईं यदि कुनै पेसामा आबद्ध हुनुहुन्छ भने बढुवा वा प्रशंसा समेत पाउने सम्भावना छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । धार्मिक र सामाजिक क्षेत्रमा ठूलै धनराशि खर्च हुनसक्छ र मानसम्मान र प्रतिष्ठामा समेत आँच आउने सम्भावना देखिन्छ । धेरै दिनपछि बिगतमा भएका कमीकमजोरीको मूल्याङ्कन गर्न जाँगर चल्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
आज दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । त्यसपछि प्रत्येक काममा अडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । समाजमा तपाईंको बोलीको सकारात्मक अर्थ लाग्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आज लामोसमयदेखि देखिएका उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । पेसा वा व्यवसायका असजिला पक्षको निराकरणका लागि गरिएको प्रयास सफल हुन सक्छ । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिन भाग्यशाली भएर देखा पर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
बौद्धिक क्षेत्र राम्रो देखिन्छ । बिहान ज्ञानगुनका क्षेत्रमा मन आकर्षित भएपनि दिउँसोबाट प्रतिकूल समय सुरु हुनेछ । कसैसँग व्यर्थमा तर्क, बहस र वादविवाद गर्नु पर्ला । प्रेममा धोका हुने सम्भावना छ । आर्थिक तथा शारीरिक शक्तिमा ह्रास आउने छ । छटपटी र असन्तुष्टि बढ्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
पारिवारिक वातावरण आफूअनुकूल नहुनाले दिक्क लाग्नेछ । भाइबहिनी वा सन्तति विरुद्धमा जानसक्छन् । आर्थिक मामिलामा त्यस्तो ठूलो उपलब्धी लिन सकिने छैन । उता घरायसी समस्यासमेत बढ्न थाल्नेछ । ज्ञानगुनका क्षेत्रमा निष्क्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
आजको दिन लाभदायक नै देखिन्छ । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ । आज शरीर अस्वस्थ हुनसक्छ । स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ विचार गर्नुहोला । चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
आत्मीयजनहरूसँग भेटघाट हुनेछ । आज तपाईंको चाहनाबमोजिम कार्य सम्पन्न हुनेछ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । राज्यपक्षबाट सम्मानित हुने अवसर पाइने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
पारिवारिक उल्झनमा समय बिताउनु पर्नेछ । आर्थिक पक्षको तनावका कारण समस्याहरू बढ्दै जानेछन् । काममा अवरोध आउने छ । विभिन्न सामाग्री किनमेल गर्न बाँकी छ भने आजका लागि थाती राख्नु बेस हुनेछ । नातागोताभित्रका विपरीतलिङ्गी सदस्यहरुसँग मनमुटाव हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट