आजको राशिफल : वि.सं. २०७१ पौष १३ गते आइतबार


ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा खर्च बढ्ने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
अध्ययन अध्यापनको क्षेत्रमा ध्यान केन्द्रित हुन सक्दैन । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । व्यापारबाट सोचेजस्र्तो लाभ मिल्न कठिन छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तुष्टि पाउन सकिंदैन । नोकरी र सामाजिक क्षेत्रमा अपमान ब्यहोर्नुपर्छ । भविष्यप्रतिको चिेन्ता बढ्ने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । आजको सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । आज कुनै अप्रत्याशित काममा कसैलाई सहयोग गर्नु पर्ला । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आज छात्रछात्रालाई भोजन प्रदान गरेमा तपाईंको भाग्यबल बढ्ने छ र रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा तपाईंले सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
विगतमा आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ । पुराना समस्या, चुनौती र सम्झनाका कारण तनाव झेल्नुपर्छ । सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । आज लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । छलफल, वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । साँझपख धनलाभ हुने सङ्केत समेत देखिन्छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । नयाँ योजना कार्यान्वयन हुनेछन् । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
आज दिनभरि राम्रो समय छैन । कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
आज तपाईं अत्यन्त प्रसन्न रहनु हुनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै अनुकूल हुने सङ्केत छ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
हतार वा आवेशमा आएर गरेको कामले तपाईलाई दीर्घकालिक असर पुर्याउन सक्छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त गर्न कठिनाइ हुनेछ । प्रतियोगितात्मक क्रियाकलापमा समेत हार ब्यहोर्नुपर्छ । आम्दानीमा कमी आउने छ र मन निराश र एकोहोरो बन्नसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट