आजको राशिफल वि.सं. २०७१ पौष १४ गते सोमबार



आज जोसुकैलाई मन पेट खोलेर नदिनु होला । प्रतिकूल समय छ, त्यसैले विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दीर्घकालीन लगानीले पिरोल्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 

हाँसखेल र मनोरञ्जनका लागि मन लालायित हुनेछ । पापबुद्धि र भ्रष्टमतिको उदय हुनेछ । भोजनको अनुकूलता प्राप्त नहुने सम्भावना छ । अरुले तपार्इंका क्रियाकलापको चियोचर्चो गर्नेछन् । बोल्दा ख्याल गर्नुहोला, गतल सन्देश जानसक्छ । बढुवा वा जिम्मेवारीका अवसर गुम्न सक्छन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 

हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । पितृधनबाट फाइदा उठाउन सकिनेछ, प्रशस्त आम्दानी हुने सङ्केत पनि छ, आम्दानी गरिएको धन नाश हुने सम्भावनासमेत छ । आलोचनाबाट बच्ने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 

आज आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । उत्साहपूर्वक काम गर्नुहोला । यात्राको समय छ, तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, साथै मनोरञ्जन प्राप्त पनि होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुन सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 

आज चोटपटकको भय हुनेछ । झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 

समय राम्रो छ । भेटघाट एवं रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 

आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 

साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला पनि आजको दिन हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 

घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 

भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 

धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

  • मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 

समय राम्रो छैन । अन्न, फलफूल आदि कृषिजन्य व्यवसायबाट गतिलो नोकसानी हुने सम्भावना छ । नोकरीबाट असन्तोष बढ्ने छ । अनावश्यक खर्चतर्फ मन आकर्षित बन्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसलाई स्थगित राख्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट