हामीले प्रयोगकर्ताका तस्वीर बेच्दैनौँ -फेसबुक

हालै आफ्नो गोपनीयता नीति परिवर्तन गरेको फेसबुप्रति धेरै प्रयोगकर्ताको एउटै चिन्ता थियो की कतै प्रयोगकर्ताले अपलोड गरेका तस्वीरहरु फेसबुकले व्यवसायिक स्वार्थका लागि प्रयोग गर्छ की ? यस्तो चिन्ता राख्नेमा व्यवसायिक फोटोग्राफर देखि लिएर एमेच्योर तथा सर्वसाधारण समेत थिए । तर यो चिन्तालाई सम्वोधन गर्दै फेसबुकले प्रयोगकर्ताका तस्वीरहरुको स्वामित्व आफुले नलिने र त्यसलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्ने स्पष्ट पारेको छ । फेसबुकका म्याट स्टेनफिल्डको भनाइलाई उधृत गर्दै टाइम्स

म्यागेजिनले फेसबुक प्रयोगकर्ताको मन्जुरी विना उनीहरुका तस्वीरको व्यवसायिक प्रयोग नगर्ने प्रतिबद्धता फेसबुकले दोहोराएको उल्लेख गरेको छ । फेसबुकको सेवाका सर्तहरु सम्बन्धि अनुच्छेदमा उल्लेखित प्रयोगकर्ताका सूचना तथा सामाग्रीहरुको गोपनियता सम्बन्धि व्यवस्था परिवर्तन नभएको फेसबुकका अधिकारीहरुले बताएका छन् । 

फेसबुकको गोपनियता संचार प्रबन्धक म्याट स्टेनफेल्डले भनेका छन्, ‘हामीसँग नभएको सम्पत्ति हामीले बेच्न सक्दैनौँ । तपाइँले फेसबुकमा शेयर गरेका चिजहरु तपाइँका हुन् 

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट