मह यसरी नखानुस्, ज्यानै जान सक्छ…

शब्द सुन्ने बित्तिकै धेरैको मुख रसाउँछ । महको स्वाद र फाइदाका कारण जोकोहीलाई मन पर्नु स्वभाविक पनि हो । अझ आयुर्वेद विज्ञानमा त मह निकै महत्वपूर्ण औषधी हो । महलाई विभिन्न रोगका लागि औषधीको रुपमा प्रयोग गरिन्छ । महले प्राकृतिक रूपमा शरिरलाई मजबुत र शक्ति प्रदान गर्न मद्धत गर्छ साथै रोगहरूसँग लड्नका लागि पनि त्यतिकै फाइदाजनक छ ।
तर, महको प्रयोग गर्ने तरिका जानिएन भने ज्यानै जाने खतरा समेत हुन्छ । महसँग के खाने के नखाने भन्ने थाहा नहुँदा निकै ठूलो दुर्घटनासमेत व्यहोर्नुपर्ने हुन्छ । आयुर्वेदका विज्ञहरू पनि महलाई खान जाने अमृत र नजाने विष हुन्छ भन्छन् । वास्तवमा मह खाँदा कसरी प्रयोग गर्ने भन्ने विषयमा आयुर्वेदका विज्ञहरुले निकै धेरै तरिकाहरू बताउँछन् साथै खान नहुने तरिकाका बारेमा पनि बताएका छन् । मह खाँदा ज्यान नै जोखीममा पर्न सक्छ ।

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट