सन् २०१४ का यस्ता तस्बिरहरु जसलाई कसैले भुल्न सक्दैनन् (फोटोफिचर)

 सन् २०१४ को आज अन्तिम दिन अर्थात भोलीको बिहानीले हाम्रो जीवनमा एउटा अर्को वर्ष थप गरेको संकेत गर्नेछ । यदि हामीले पूरै एक वर्षलाई सम्झेर हेर्ने हो भने हामीमध्ये धेरैले गएको वर्षमा तीता–मिठा घटनाहरुको सामना पक्कै गर्यौँ । हाम्रो जीवनमा मात्र नभई संसारमा पनि त्यस्ता थुप्रै घटनाहरु भए जसलाई मानिसहरुले राम्रो र नराम्रो रुपमा आफ्नो मानस्पटलमा सम्हालेर राख्नेछन् । हामी आज तपाईंहरुलाई ती घटनाहरुको तस्बिर सार्वजनिक गदैछौँ जसको चर्चा देश–विदेशका सञ्चार माध्यममा त भयो नै सामाजिक संजाल फेसबुक र माइक्रो ब्लगिङ साइट ट्विटरमा पनि यसले निकै चर्चा बटुल्न सफल भएको छ ।

नोभेम्बरः कुख्यात आतंककारी संगठन इस्लामिक स्टेट (आइएस) ले क्यामराको अगाडि १५ सिरियाली सैनिकहरुको एकैपटक शिर काटेको तस्बिर देख्ने मानिसले सम्भवतः यो घटनालाई कहिले बिर्सन सक्दैनँ । शिर काटिएको सैनिकको शरिरमाथि उनीहरुको टाउको राखेर आइएसले उत्सव नै मनाएको थियो । आइएसले अहिलेसम्म ६०० सैनिकहरुको शिर छेदन गरिसकेको छ ।
२. अक्टोबरः लण्डनको सडकमा एक युवतीले युवकको घाँटीमा डोरी बाँधेर घुँडा टेकाएर हिँडिरहेको दृश्यले पनि धेरै मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भएको थियो । यी युवतीले आफ्ना साथीलाई कुकुर जसरी लण्डनको सडकमा करिब पाँच घण्टा घुमाइन् । युवकले शर्त हारेका कारण उनलाई सजायँ स्वरुप त्यस्तो गरिएको युवतीले बताएकी थिइन् । उक्त फोटो सोसल मिडियामा निकै चर्चित पनि भएको थियो ।

 ३. फेब्रुअरी – भगवान गणेश जसरी बसिरहेको यो हात्तीको तस्बिर पनि सन् २०१४ मा निकै चर्चित भएको मानिन्छ । उक्त फोटो आसामको हो । रेलको ट्र्याक पार गर्ने क्रममा यो हात्तीको बच्चा एउटा खाल्डोमा खसेको थियो । खाल्डोमा खसेको हात्तीको बच्चालाई देखेपछि रेल रोकियो र त्यहाँका मानिसहरुले उद्धार गर्यो । बसिरहेको हात्तीलाई खाने कुराहरु देखाएर उभ्याइयो तत्पश्चात मानिसहरु हात्तीलाई त्यहाँबाट निकाल्न सफल भए ।
मकसुद नामका दिल्लीमा बस्ने यी मानिस चिडियाखानामा जनावरहरु हेर्न जाँदा बाघको खोरमा खसेका थिए । अचानक बाघको खोरमा खसेका मकसुद आफूलाई बाघले नमारोस् भन्ने उद्देश्यका साथ बाघलाई पटक–पटक नमस्कार गरिरहेका थिए । करिब १५ मिनेट बाघले उनलाई हेरिरह्यो । त्यहाँ रहेका मानिसहरुले बाघलाई ढुङ्गा फ्याँकेपछि बाघ भड्क्यो र उनको गर्दनमा समातेर दौडियो ।
- साभार श्रोतः www.ratopati.com

समाचारात्मक, जानकारीमूलक तथा मनोरञ्जनात्मक साइट