तपाईहरुलाइ थाहा होला नेपालको हिमालमा पहिलो मानव पाईला सन् १९५० मा परेको हो । त्यतिबेला फ्रान्सेली आरोही मोरिस हेर्जोकको सात सदस्यिय टोलीले हाम्रो अन्नपूर्ण जेठोमाथि पाईला टेकेको थियो । त्यहि बेलादेखि‘ओहो ! आठ हजार अग्ला हिमालय पर्वतमापनि पुग्न सकिने रहेछ ‘भन्ने थाह पाएका हुन् विश्व भरिका मानिसले। साँच्चै त्यो बेला नेपाल कस्तो थियो, कसरि चढे, कसरि नेपालदेखि फ्रान्ससम्म पुगे, त्यत्रा सामान कसरि लगे यातायात नभएको त्यो बेला भन्ने निकै चाख लाग्दा प्रसंग छन् मोरिस हेर्जोकले लेखेका दुई पुस्तकमा । उनको टोलीका सबै यो धरतीबाट बिदा भए हेर्जोक बाहेक। तर यहाँभने मैले त्यो बेला उनले समेटेका केहि तस्बिर राख्न खोजेको छु। मोरिस हेर्जोकसँग प्रत्यक्ष भेटेर समेटेका प्रसंगहरु मेरो प्रकाशोन्मुख पुस्तकमा छन्। केहि तस्बिरहरु भने अहिले हेरिहाल्नुस ।
 (त्यती बेलाको चर्चित गहना नेपाली महिलाको । अहिलेपनि सायद कतै कतै लगाउंदै छन् क्यारे चाँदीकै भएपनि । के यस्तै के देख्दन पाइन्छ र ? त्यतिबेला रंगिन तस्बिर खिच्न असाध्यै महँगो र दूर्लभ थियो रे फ्रान्समापनि। मोरिस हेर्जोकले त्यहि भन्दै थिए मसित। त्यसैले अधिकांश फोटो श्याम स्वेत लिएछन्। केहि एकदमै महत्वपूर्ण मात्रै रंगिन खिचेका रहेछन् । यो पनि फ्रान्सेली टोलीकोलागि महत्वपूर्ण तस्बिर रहेछ । त्यसैले रंगिन खिचेछन्)

(कालीगण्डकी नदीको किनारमा आरोहण दलले राति सुत्न टाँगेको टेन्ट। उनीहरु यस्तो भिरालो जमिन देख्दा छक्कै परेछन्। जुन कुरा मोरिस हेर्जिकको पुस्तकमा खुब बयान गरिएको छ)
Source: websitevitrakowebsite

 Rupee Exchange Rate
   Rupee Exchange Rate